जापानमा अव स्थायी बसोवासको सुविधा

जापानमा व्यवसाय गर्दै आएका विदेशीहरुलाई अब स्थायी वसोवास प्रमाणपत्र प्रदान गरिने भएको छ ।

आगामी महिनाबाट लागूहुने गरि नयाँ स्थायी वासोवास अनुमति पत्र पीआर प्रदान गर्ने जापान सरकारले घोषणा गरेको हो । जापान सरकारको न्याय मन्त्रालयले आगामी अप्रिल महिनाबाट जापानमा व्यवसाय गर्दै आएका व्यवसायी तथा कम्पनी संचालकलाई यस्तो भिसा प्रदान गर्ने जनाएको हो ।

स्थायी वसोवास अनुमति प्राप्त गर्नका लागि जापान सरकारको मातहतमा दर्ता भई संचालन भएका व्यवसायका व्यवसायी तथा कम्पनीका लगानीकर्तालाई यस्तो सुविधा दिईने छ । साथै हालसम्म व्यवसाय दर्ता नगरि कार्यरत कम्पनीका संचालकलाई समेत यो सुविधा प्रदान गरिने जनाएको छ ।

व्यवसाय दर्ता नभई संचालनमा रहेका कम्पनीका संचालकलाई भने चार महिनाको अवधी भित्र दर्ता गरे पीआर प्रदान गरिने खवर स्थानिय संचार माध्यमहरुले जनाएका छन ।

जापानमा विगत लामो समय देखि पीआरको माग भएपनि कानुनी व्यवधानका कारण नयाँ नीति लागूहुन सकेको थिएन।

पीआर सुविधा लागूभएपछि जापानमा थप विदेशी लगानी तथा व्यवसायी थपिने अपेक्षा गरिएको छ । नयाँ नीतिले शरणार्थी आवेदन तथा विना भिसा जापानमा वस्नेहरुलाई समेत सहज हुने दावी गरिएको छ ।

नेपाल जापान डटकमबाट यो पनि पढ्नुहोस् ‘कतारमा श्रमिकलाई दास नबनाउ’ भन्ने व्यानर देखाउने नेपाली महिला पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: