
रञ्जना लम्साल नवलपरासी- बैदेशिक रोजगारी हाल अधिकाँश युवाको पहिलो रोजाई बनेको छ । सरकारी स्कुलमा अध्ययनरत अधिकांश बिद्यार्थीलाई भोली पढेर के गर्ने भनेर सोध्यो भने धरैको उत्तर हुन्छ बिदेश जान्छु ।
तर बिदेश गएका अधिकाँश युवाले भनेको काम र तलव पाइरहेका छैनन् । अझ गाउँतिरका युवाको पहिलो गन्तब्य बनेको मलेशियामा निक्कै धेरै ठगिका घटनाहरु हुने गरेका छन् । मलेसियाबाट फर्किने मध्ये धेरैले ठगिको गुनासो लिएर आउने गरेको सुरक्षित आप्रवाशन सुचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ ।
बैदेशिक रोजगारीका क्रममा नेपालमा कवुल गरिए अनुसारको काम वा दाम नपाएको भनेको पछिल्लो १ बर्षमा दर्ता भएका २ सय ६५ वटा केशहरुमा १ सय ११ वटा केश मलेशियामा भएको ठगिको परेको सुचना केन्द्रको तथ्याँक छ । त्यसमध्ये अधिकाँशले नेपालमा मेनपावर कम्पनी वा एजेण्टले भने अनुसारको काम र तलव नपाएको गुनासो गरेका छन् ।
मलेशिया गएर फर्किएका युवाहरु फेरी मेलेशिया जाने ईच्छा त राख्दैनन् तर पहिलो पटक जाने युवा जो कम पढेका छन् उनीहरुले मलेशिया नै जाने ईच्छा राखेको पाईएको सुरक्षित आप्रवाशन सुचना तथा परामर्श केन्द्रका संयोजक रीतुराम सोती बताउँछन् ।
एक बर्षको अवधिमा सामी परियोजना अन्र्तगत हिमालयन सामुदायिक बिकाश मञ्चको सुचना तथा परामर्श केन्द्र र ईन्दे्रणी सामाजिक बिकाश मञ्चमा दर्ता भएका मात्रै ३१ वटा मृत्युका केशहरुमा ९ वटा मलेशियामा मृत्यु भएका घटनाहरु छन् ।
सुचना केन्द्रमा आउने निवेदनमा बिदेश गएर हराउने घटना भने मलेशियामा अत्याधिक रहेको छ । अहिलेसम्म हराएका व्यक्तिलाई खोजिदिनु भनेर परेका १६ वटा निवदेन मध्ये १३ वटा मलेशियाका रहेका छन् ।
१०/१२ बर्षसम्म परिवारको सम्पर्कमा नआएका अधिकाँस घटना मलेशिया गएकाहरुको नै रहेको सुचना केन्द्रमा परेका निवेदनहरुले देखाउँछन् । सुचना केन्द्रमा परेका महिला हराएका तीनवटा केसमा भनें तीनजना साउदी गएर बेपत्ता भएको देखिएको छ ।
भारतको बाटो जाने, घरेलु कामका लागि जाने र अरुको पासपोर्टमा फोटो परिवर्तन गरेर जाने क्रममा महिलाहरु धेरैजसो जोखिममा परेको देखिएको सुचना केन्द्रका संयोजक सोती बताउँछन् ।
पछिल्लो समयमा विकल्पविहीन जस्तै प्रचार गरिएको बैदेशिक रोजगारीका बारेमा नबुझी विदेश जाँदा धेरै व्यक्ति समस्यामा पर्ने गरेको यसक्षेत्रमा कृयाशिलहरु बताउँछन् । त्यसरी गएकाहरु नै बढीजसो समस्यामा पर्ने गरेका छन् ।
मलेशियामा धेरै नेपाली हराउँछन् नि भन्ने सन्दर्भमा सोतीले भने ‘के गर्ने बिदेश गएको छ भनेपछि परिवारका सदस्यको अपेक्षा अर्कै हुने गर्छ । घर परिवारमा के भन्ने, नेपाल गएर के गर्ने, रित्तो हात फर्कीए भोली साहुलाई के जबाफ दिने भनेर सोच्दा सोच्दै समय बित्दै जान्छ । अर्कातर्फ अधिकांश युवाहरु पैसा कमाउन नसकेकाले बिदेशमा बसिरहेका छन् भने कतिले उतै रमाउन विवाह गरेर बसिदिने गर्नाले पनि सम्पर्कमा नआएका हुन ।’
मलेशियाबाट भर्खरै नेपाल फर्केका अग्यौली ७ नवलपरासीका बिष्णुप्रसाद लम्सालले मलेशियामा सोचेको भन्दा धेरै दुःख रहेको बताए । ५ बर्ष अगाडी कम्पनीमा भन्दै एजेन्टले मलेशिया पठाएको बताउदै उनले ५ बर्षसम्म जंगलमा रुख काटेर बिताएको उनको भनाई छ ।
यो पनि पढ्नुहोस् अरबमा दुई पेग व्हिस्कीसँगै हामी ३ लाख गधाका समस्या भुसुक्कै!