युएईको सञ्चार माध्यमको भनाईः ‘युएईमा पासपोर्ट आफैंसँग राख्न कामदार नै चाहँदैनन्’

अबुधावी- युएईमा कार्यरत कामदारलाई कानून अनुसार उनीहरुको पासपोर्ट उनीहरुलाई नै राख्न दिनु पर्ने आवाज उठरहेका बेला यहाँको एक सञ्चारमाध्यमले भनें कामदारहरुले राजीखुसीले पासपोर्ट कम्पनीमा राख्न दिने गरेको समाचार लेखेको छ ।

लेवर क्याम्पमा बस्ने कामदारहरुले आफ्नै साथमा पासपोर्ट राख्नुको साटो कम्पनीलाई नै राख्न दिने गरेको यहाँको अनलाईन द नेशनलले लेखेको छ । नेपाल लगायत विभिन्न देशबाट काम गर्न आप्रवासी कामदारहरुले आफ्नो पासपोर्ट रोजगारदाताले खोसेर राखिदिने गरेको गुनासो गर्दै आएका छन् ।

तर समाचारमा भनें धेरैजसोले आफ्नै राजीखुशीले त्यसरी पासपोर्ट राख्न दिने गरेको जनाइएको छ । मुसफामा बस्ने पाकिस्तानी नागरिक मुञ्जिर मोहम्मदले कम्पनीले आफ्नो अनुमति लिएर मात्र पासपोर्ट राखेको बताए । ‘कम्पनीले मलाई मेरो पासपोर्ट आफैंले राखे हुन्छ भनेको थियो, तर मैले कम्पनीमै राख्नु सुरक्षित ठानेर राख्न दिएको हुँ । हामीले चाहेको बखतमा पासपोर्ट लिन सक्नेछौं, हामीले कम्पनी फेर्न चाह्यौं भनें पनि’ उनले भने । उनले केहि समययता कम्पनीहरु पासपोर्टको मामिलामा लचिलो भएको बताए ।

उनले बस्ने ठाउँमा पासपोर्ट राख्दा हराएमा पछि समस्या हुने भएकाले आफूले साथमा पासपोर्ट राख्नुको साटो कम्पनीलाई राख्न दिएको बताए ।

यूएईको कानून अनुसार कामदारको पासपोर्ट कम्पनीले राख्न पाउँदैन । सरकारी निकाय बाहेक अन्यले त्यसरी कसैको पासपोर्ट राखेमा कानून अनुसार दण्ड दिइने यहाँको कानूनमा उल्लेख छ ।

यूएई आइएलओको बाध्यकारी श्रम सम्वन्धि अभिसन्धिको पक्ष राष्ट भएका कारण पनि कुनै पनि कामदारको पासपोर्ट त्यसरी उसको मञ्जुरी विना राख्न नपाउने समाचारमा उल्लेख छ ।

मेरो पासपोर्ट कम्पनीले राखेपनि मलाई चाहिएको बेलामा उपलव्ध हुनेछ एक भारतीय कामदार सुनिल कुमारलाई उध्रित गर्दै समाचारमा लेखिएको छः कम्पनीमा राख्दा सुरक्षित हुन्छ ।

अल माफिकमा बस्ने निर्माण श्रमिकका रुपमा कार्यरत नेपाली नागरिक रामबहादुरले पनि यहि व्यवस्थामा खुसी मानेको समाचारमा उल्लेख छ । ‘अव कम्पनीले पासपोर्ट जवर्जस्ती राख्न सक्दैनन, त्यो सम्वन्धित व्यक्तिलाई नै दिनु पर्छ, तर लेवर क्याम्पमा त्यो(पासपोर्ट) हराएमा समस्या हुन सक्छ’ उनले भनेका छन् ।

उनले कम्पनी छोडेर अन्त्रय काम गर्न मन लागेमा भिसा रद्ध गरेर अर्को कम्पनीमा काम गर्न जान समेत सकिने बताएका छन् ।

अबुधावीमा रहेको एक निर्माण कम्पनीका प्रतिनिधिले भने ‘हिजोआज हामी पासपोर्ट राख्दैनौं । यदि उनीहरुले कम्पनीमा राख्न चाहेमा मात्र राखिन्छ, नत्र राखिन्न । कानून अनुसार यो उनीहरुको सम्पत्ती हो, त्यसैले हामी उनीहरुलाई जवर्जस्ती गर्दैनौं । हामी उनीहरुलाई परिचय पत्र पनि दिन्छौं ।’

तर केहि कामदारले भनें अझै पनि कम्पनीहरुले जवर्जस्ती पासपोर्ट राखिदिएको गुनासो गर्ने गरेका छन् । एक बंगलादेशी कामदार राजु मिलनले कम्पनीले आफ्नो पासपोर्ट राखेर परिचय पत्र दिएको गुनासो गरे । उनले आफूले पासपोर्ट फिर्ता माग्दा परिचयपत्र बनाइदिइसकेपछि पासपोर्ट आवश्यक नपर्ने जवाफ दिएको बताए ।

के समाचारमा भने जस्तै अवस्था छ त ? तपाईको भनाई लेख्नुहोस् ।

यो पनि पढ्नुहोस्

‘धन कमाउन गएका युवा फर्किएनन्’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: