मलेसिया, कमाई राम्रो नभएको भन्दै कम्पनी छोडेर अवैधानिक रुपमा काम गर्दै गरेको अवस्थामा मृत्यु भएका एक नेपालीको शव मलेसियाबाट नेपाल पठाउन समस्या भएको छ । मलेसियाको इपो पेराक राज्यमा काम गर्दै आएका झापा पृथ्वीनगरका प्रकाश लिम्वुको शव आर्थीक कारणले नेपाल पठाउन समस्या भएको हो ।
मलेसियामा मृत्यु भएका व्यक्तिको शव नेपाल पठाउन लाग्ने रकम अभाव हँुदा उनको शव अस्पतालमै रहेको छ । उनको शव नेपाल पठाउन १० हजार रिङ्गेट भन्दा बढी रकम लाग्ने वुझिएको छ । अवैधानिक रुपमा काम गरेका कारण उनको विमा नहुने र शव पठाउन कम्पनीले जिम्वेवारी नलिएपछि उनको शव इपो अस्पतालमा रहेको छ ।
मृतक लिम्वूका छिमेकी विनोद अधिकारीका अनुसार मृतकको आर्थिक अवस्था कमाजोर भएकै कारण शव नेपाल पठाउने प्रक्रिया ढिलो भएको हो । कसरी कहाँबाट प्रक्रिया थाले मृतकको शव नेपाल पठाउन सकिन्छ थाहा छैन अधिकारीले भने । केहि दिन अधि सुतेकै अवस्थामा लिम्वुको मृत्यु भएको थियो ।
रोजगारीका सिलसिलामा ४ वर्ष अघि मलेसिया आएका उनी कमाई राम्रो नभएको भन्दै केहि महिना अघि कम्पनी छोडेर अर्कै ठाउँमा काम गर्नेगरी अवैधानिक वनेका थिए । उनकी श्रीमती समेत रोजगारीका सिलसिलामा इजरायलमा रहेकी छन् । मलेसिया स्थित नेपाली दुतवासले लिम्वुको शव नेपाल पठाउनका लागि आवश्यक कागजी प्रक्रिया पूरा गर्न नेपाल स्थीत वैदेशिक रोजगार प्रवद्र्धन वोडमा जानु पर्ने छ ।
यो पनि पढ्नुहोस् ‘कतारमा श्रमिकलाई दास नबनाउ’ भन्ने व्यानर देखाउने नेपाली महिला पक्राउ