नेपालीले दिए बंगलादेशीलाई रगत

अर्जुन उदासी, कुबेत- सालिया रियलस्टेट कम्पनिमा कार्यरत एक बंगालादेशी नागरिकलार्इ शल्यक्रिया गर्न आवश्यक परेको रगत नेपालीले उपलव्ध गराएका छन् । रगत जुटाउन नसकेर अप्ठ्यारोमा परेका बंगलादेशी नागरिक महम्द साइद आलमलार्इ तमु समाज कुबेतको सिफारिसमा सेन्ट्रल ब्लड बैंक कुबेतले ३ पउन रगत उपलव्ध गराएको हो ।

अस्पतालको आईसियुमा राखिएका आलमले रगत जुटाइदिन सोहि कम्पनिमा कार्यरत लालिगुराँस साँस्कृतिक परिवारका अध्यक्ष राजेन्द्र बिरहीसँग गुहार मागेका थिए ।

मुटुका रोगी आलमलार्इ पाचन नलिको पनि समस्या रहेको चिकित्सकहरुले बिरहीलाइ बताएको र बिरहीले तमु समाजका अध्यक्ष खोप गुरुङसग सम्पर्क गरि रगत उपलव्ध गराउन आग्रह गरेका थिए । तमुसमाज कुबेतले बिगतमा पनि यसरी नै धेरै जनालार्इ सेन्ट्रल ब्लड बैंकमा सिफारिस गरी रगत उपलाब्ध गराउदै आएको छ ।

स्मरणिय कुरा तमुसमाजले सेन्ट्रल ब्लड बैंकमा बिगत २ बर्ष देखी रक्तदान गर्दै आएको छ । तमुसमाजको अगुवाइमा गत बर्ष मात्र १ सय जना भन्दा धेरै कुबेतमा कार्यरत नेपालीहरुले रक्तदान गरेर कुबेतको व्लड बैंकमा रगत जम्मा गराएका थिए ।

तमु समाजले बर्षेनी यो अभियान चलाइ रहेको हुनाले नेपाली समाजलाइ मात्र नभएर समाजले सिफारिस गरेको खण्डमा तुरुन्त रगत उपलब्ध गराउन सेन्ट्रल ब्लड बैंकमा सदा तयार हुने गरेको गुरुङ बताउँछन् ।

नेपाल कुवेत डटकमबाट

यो पनि पढ्नुहोस् ‘कतारमा श्रमिकलाई दास नबनाउ’ भन्ने व्यानर देखाउने नेपाली महिला पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: