मलेसियामा दुई नेपालीको मृत्यु

मलेसिया- मलेसियामा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना झापाको पृथ्वीनगरका प्रकाश लिम्बू हुन् । उनी अवौधानिक रुपमा काम गर्दै आएका थिए । मलेसियाको इपो पेराक राज्यमा काम गर्दै आएका लिम्बूको शव सुतेकै ठाउँमा उनका साथीले भेटेका थिए । चार वर्षअघि रोजगारीका लागि मलेसिया आएका उनी केही महिनाअघि मात्र अवैधानिक बनेका थिए ।

घर जाने बेलासम्म पनि कमाइ गर्न नसकेको भन्दै उनी अवौधानिक बनेका थिए । उनको शव हाल इपो अस्पतालमा राखिएको छ । आर्थिक अवस्था कमजोर भएका उनको शव नेपाल पठाउन समस्या भएको उनका छिमेकी विनोद अधिकारीले बताए ।

मृतककी पत्नी रोजगारीका सिलसिलामा इजरायलमा छिन् । नेपाली दूततावास मलेसियाका अनुसार आर्थिक अवस्था कमजोर भएका नेपालीको शव वैदेशिक रोजगार प्रर्वद्धन बोर्डको सहयोगमा नेपाल पठाइने गरिएको छ । लिम्बूको शवसमेत नेपाल पठाउन सहायोग गर्न सकिने दूतावासले जनाएको छ ।

यसैवीच पेनाङ्ग राज्यमा कार्यरत वागलुङको धाम्जाका ज्ञान कुमार बोहराको पनि सुतेकै अवस्थामा मृत्यु भएको छ । पेनाङ्गको टेम क्यास्टिङ कम्पनीमा कार्यरत बोहराको शुक्रबार मृत्यु भएको उनका छिमेकी नारायण पौडेलले जानकारी दिए । उनको शव पेनाङ्ग अस्पतालमा राखिएको छ । शव नेपाल पठाउने प्रक्रिया थालिएको पौडेलले जानकारी दिए । उनी आठ वर्षअघि मलेसिया आएका थिए ।

अन्नपूर्ण पोष्टबाट

यो पनि पढ्नुहोस् एउटा परदेशीले अलग बाटो रोजेपछिः अब उसको छोरीले कसलाई बाबा भन्छे ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: