युएईमा गायिका ज्योती मगरलाई दर्शकले तान्न खोजेपछि …….

अबुधावी, चैत ७ – अबुधावी स्थित अलऐननमा रहेको नेपाली युवाहरूको सक्रिय समुह इभेन्ट नेपालद्वारा आयोजना गरिएको चैते दशै धमका २०७१ मा दर्शकले गायिका ज्योति मगरमाथि दुव्र्यवहार गर्न खोजेका छन् । त्यसपछि कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

घटनामा संलग्न भएको भन्दै केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनीहरुलाई छोडिएको छ ।

शुक्रबार आयोजित सो कार्यक्रमको आकर्षण ज्योती मगर रहेकी थिइन् । कार्यक्रममा युएईमौ बस्दै आएका नेपाली अनय कलाकारको पनि सहभागिता थियो । कार्यक्रम हेर्न दर्शक भरिभराउ थिए ।

पछिल्ला केहि समययता निक्कै उत्तेजक शैली प्रस्तुत गर्दै विदेशका स्टेज शोहरुमा व्यस्त रहेकी ज्योतीलाई कार्यक्रम हेर्न आएका युवाले उछृंखल व्यवहार गर्न खोजेका थिए । त्यसपछि त्यहाँ तनाव सुरु भएको थियो ।

घटनापछि कार्यक्रम स्थगित भयो भनें प्रहरी समेत आएको थियो । यसले नेपाली समुदायको बेइज्जती भएको युएईमा कार्यरत नेपाली अगुवाहरु बताउँछन् ।

यो पनि पढ्नुहोस् ‘कतारमा श्रमिकलाई दास नबनाउ’ भन्ने व्यानर देखाउने नेपाली महिला पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय