
काठमाडौं- डोटीमा ढुङ्गा निकाल्दै गर्दा च्यापिएर तीनजनाको मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाइते भएका छन् । डोटीको उत्तरमा पर्ने डौड गाविसको भल्मा भन्ने ठाउँमा घरको छाना छाउने ढुङ्गा निकाल्ने क्रममा च्याप्पियर तीनजनाको मृत्यु भएको स्थानियले जनाएका छन् ।
मृत्यु हुनेमा डौड गाविस–३ का खली विष्ट, भक्त विष्ट र कन्थे विष्ट रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । गम्भीर घाइते लालबहादुर बोगटीलाई उपचारको लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
बिहिबार घरको छाना छाउने क्रममा ढुंगा निकाल्दा उनीहरू च्यापिएका थिए ।
यो पनि पढ्नुहोस् झटपट गएको कतार भन्दा नेपाल फर्केपछिको चटपटबाट धेरै कमाई