‘हामीले बुझ्यौं अव अरुलाई बुझाउँछौं’

धादिंग, चैत्र ६- धादिंगमा गाविस सचिवहरुका लागि सुरक्षित आप्रवासन सम्वन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरणमा धादिंग जिल्लाका ३४ जना सचिवहरु सहभागि भएका थिए ।

अभिमुखिकरणमा नेपालबाट बैदेशिक रोजगारीका लागि जाने प्रकृया, प्रकृति र सम्भावित जोखिम र त्यसबाट जोगिने उपायका बारेमा छलफल गरिएको थियो ।

सो अवशरमा गाविस सचिवहरुले स्थानीय निकायबाट सिफारिस लिन आउनेहरुलाई कसरी सुरक्षित बैदेशिक रोजगारका बारेमा सुसुचित गर्न सक्नछन् भन्ने बारेमा छलफल गरिएको आयोजक संस्था सिड्स धागिंगकी सामी कार्यक्रम संयोजक गंगा सुवेदीले बताइन् ।

अभिमुखिकरण तालिमलाई पत्रकार सुनिल न्यौपाने, हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको सुरक्षित आप्रवासन परियोजना (सामी) का जिल्ला संयोजक कमल रोकाय, सिड्सका कार्यक्रम निर्देशक गोकर्ण रुपाखेती तथा सिड्सकी सामी कार्यक्रम संयोजक गंगा सुवेदीले सहजिकरण गरेका थिए ।

अभिमुखिकरणका अवशरमा गाउँ विकास समितिका सचिवहरुले वडा नागरीक मञ्च र स्थानिय राजनीतिक दलका प्रतिनिधि सहितको सहभागीतामा अभिमुखीकरण गर्ने लगायतका कार्ययोजना तयार पारेका छन् । यसैगरी सबै गा.बि.स स्तरमा सुचना तथा परामर्श सेवा बिस्तार गर्ने योजना समेत उनीहरुले बनाएको सुवेदीले बताइन् ।

अभिमुखिकरणका सहभागिहरुले नबुिझ बैदेशिक रोजगारमा जाने गरेको समस्या धेरै भएको प्रष्ट भएको भनदै त्यसका बारेमा जनचेतना जगाउन आवश्यक रहेको औंल्याएका थिए । यसैगरी एमआरपी बनाउन आउनेहरुलाई अनिवार्य रुपमा सुचना केन्द्मा गएर कुरा बुझेपछि सोही अनुरुपको कागज पेश गरेपछि मात्र पासपोर्ट बनाउनु पर्ने व्यवस्था हुनुपर्ने सुझाव समेत दिएका छन् ।

Dhading 2

अभिमुखिकरणका क्रममा जिल्ला विकास समिति धादिंगका तर्फबाट युवराज थपलिया तथा प्रहरी नायव उपरिक्षक(डिएसपी) प्रकाश मल्लले पनि बैदेशिक रोजगारीका नाममा मानव तस्करी भइरहेको भन्दै त्यसलाई रोक्न सवै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

यो पनि पढ्नुहोस् 

झटपट गएको कतार भन्दा नेपाल फर्केपछिको चटपटबाट धेरै कमाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय