कम्पनीले गैर कानूनी बनाइदिएको भन्दै ४० जना नेपालीले कतारमा मुद्धा हाले

दोहा (कतार), चैत्र ५ – तीन महिनासम्म पारिश्रमिक नदिएको र भिसा प्रक्रियामा नपठाई गैरकानुनी हैसियतमा आफूहरुलाई राखेको भन्दै काम छाडेर बसेका ९३ जना नेपाली कामदारमध्ये ४० जना कतारको श्रम अदालतमा पुगेका छन् । ५३ जना भने कम्पनीले भिसा लगाइदिने बताएपछि पुरानै काममा फर्केका छन् । कतार स्थित नेपाली दुताबासका श्रम सहचारी लिलानाथ दाहालका अनुसार ती कामदारले मार्च महिनाको दोश्रो हप्ता कटिसक्दा पनि डिसेम्बरको तलब नपाएपछि ९३ जना कामदार काममा जान छाडेका थिए । उनीहरुले डिसेम्बर, जनवरी र फेब्रुअरीको तलब माग गर्दै घर पठाइदिनको लागि नेपाली दुताबासको शरणमा आएका थिए । ‘हामी धेरै पटक श्रम बिभाग र प्रहरीमा धायौं । त्यहाँ छलफल भएपछि ४० जना घर जाने भएका छौं । बाँकी काममा र्फकने बताए’, झापाका दिपक सुनुवारले बताए । उनीहरु गत मार्च ७ तारिखबाट काममा जान छाडेका थिए । ती कामदार मार्क ट्रडिङ एण्ड कन्ट्रक्टीङ र जर्मन एण्ड कतारीयन पेन्ट्समा कार्यरत छन् । कम्पनी प्रोजेक्ट म्यानेजरले दुताबासमा उपस्थीत भई प्रोजेक्टबाट रकम निकासा हुन नसकिएकोले समस्या भएको बताए । कम्पनीले ती कामदारको भिसा पनि लगाइदिएको छैन् । ‘हाम्रो भिसा, मेडिकल केही गरिदिएको छैन् । एक बर्ष भयो भिसा पनि लगाइदिएको छैन’, झापाका दिपक सुनुवारले भने,’साथीहरुलाई प्रहरीले पक्राउ गरेर लैजाने गरेको छ ।’ ती कामदारले आफुहरु ७० भन्दा बढी ‘साइट’ मा काम गर्ने गरेको बताए । ‘क्याम्पमा बिजुली र मेडिकल दुबैको सुबिद्या छैन्’, झापाका रमेश अकोलियाले भने,’खाना पनि आफै ब्यबस्था गर्नुपर्छ ।’ कामदारले करार अबधी सकेपछि घर फिर्न नसकेको बताए । ‘साथीहरु दुई देखि ६ महिनासम्म कोठामा सुतेर बसेका छन् । उनीहरुलाई घर पठाएको छैन्’, प्रेम कार्कीले भने, ‘एक दुई पैसा जति पाए पनि घर जानुहुन्थ्यो ।’ कम्पनी म्यानेजरले उनीहरुको सबै तलब दिलाएर घर पठाउने प्रतिबद्धता दुताबाससमक्ष गरेको छ । यसमा कामदारले बिश्वास गरेको छैनन् । ती पीडित कामदारलाई एम्नेष्टी इन्टरनेशलका अधिकारीहरुले समेत भेटेका थिए । कान्तिपुरबाट यो पनि पढ्नुहोस् स्पोन्सरसीप हटाउने कुरामा हामी प्रतिवद्ध छौंः कतार सरकार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय