रक्सी खाएर साउदीमा जेल परेका नेपाली

रन्जना लम्साल नवलपरासी- रोजगारीका लागि खाडी मुलुक साउदी अरवमा पुगेका एक नेपाली त्यहाँ मदिरा सेवन गर्न नपाइने नियमका बारेमा बबेखवर रहँदा जेल परेका छन् । नवलपरासी बेनिमणिपुर २ का ललित बहादुर चौधरी साउदी अरबमा यहि अभियोगमा गत कात्तिकमा पक्राउ परेका थिए । उनी हाल पनि जेलमा नै छन् ।

एक छोरा र दुई छोरीका पिता ललित बहादुर २०६९ साल पुस महिनामा धन कमाउन साउदी अरव गएका थिए । तर उनले विदेशमा बस्दा अपनाउनु पर्ने सावधानीका बारेमा सामान्य ज्ञान नराख्दा यो समस्यामा फसेका हुन् ।

नेपालबाट बिदेश जानेबेलामा बिदेशको भाषा, धर्म, संस्कृती, ट्राफिक नियम लगायतका विषयमा ज्ञान लिन सरकारले दुई दिनको अभिमुखीकरणमा अनिवार्य रुपमा सहभागि हुनुपर्ने नियम बनाएको छ । तर त्यसको प्रभावकारी अनुगमन र नियमन नहुँदा बैदेशिक भुमीमा सोझसाझा नेपालीले हरेक दिन दुख भोगिरेका छन् ।

अभिमुखीकरणमा सहभागि नभएपछि प्रमाणप्रत्र सजिलै किन्न सकिने हुनाले र एजेन्टहरुले अभिमुखीकरणलाई बोझिलो तरिकाले ब्याख्या गरिदिनाले पनि यस्तो समस्या निम्तिएको सुरक्षित आप्रवासन सुचना तथा मरामर्श केन्द नवलपरासीका संयोजक रितुराम सोती मगर बताउँछन् ।

‘घर आउने बेला भएको थियो हामी उहाँको बाटो हेरीरहेको समयमा उहाँ जेल परेको खबर आयो’ श्रीमती सिन्धु चौधरीले भनिन ‘३ महिनामा छुट्छु भन्नुभएको थियो ५ महिना भैसक्यो अझै जेलमानै हुनुहुन्छ ।’

चैत्र १ गते सुचना केन्दमा दर्ता भएको ललित बाहादुर चौधरीको केशको बिषयमा प्रवासी नेपाली समन्वय समिति मार्फत दुताबासमा पुगिसकेको र उनको सत्य तथ्य पत्ता लगाएर सहयोग गर्ने साउदीमा रहेको नेपाली दुताबासले जनाएको छ ।

यो पनि पढ्नुहोस् 

नेपाली महिला कुवेतमा लागु औषध कारोवारको अभियोगमा पक्राउ, उद्धारका लागि छोरीको अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय