बहराइनमा रहेका नेपालीले गरे अपाङ्गलाई सहयोग

पर्वत, चैत्र ३- एउटै परिवारका चार सन्तान जन्मेदेखि ओछ्यानमा छन । सामान्य परिवारका ती अपाङ्गको उपचार र खानपानका लागि समेत समस्या थियो ।

युट्युवमा ति अपाङ्गहरुको पिडा र समस्या देखेपछि बिदेशमा रहेका पर्वतका युवाहरुको मन पग्लिएपछि बिहान बेलुकाको खाना खर्च कटाएरै आर्थिक सहयोग गरेका छन ।

बहराईनमा बस्दै आएका पर्वतका बासिन्दाहरुले दक्षिण पर्वतको रानीपानी गाविस –६ पस्यारका बलबहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरेका हुन ।

एउटै परिवारका ४ अपांङ्ग बालिकाको अवस्था देखेपछि रोजगारीका लागि बहराइनमा रहेका पर्वतका बासिन्दाहरुको संस्था पर्वत सेवा समाज बहराइनले आर्थिक सहयोग गरेको छ ।

समाजले कुस्माबजारमा मंगलवार एक कार्यक्रमका बिच अपाङ्ग बालिकाका बाबु बलबहादुर परियारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । समाजले बलबहादुरको परिवारलाई ३१ हजार र जिल्लाका अन्य अपाङ्गका लागि नेपाल अपाङ्ग उत्थान समाज पर्वत मार्फत २० हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, पर्वत सेवा समाज बहराईनका अध्यक्ष रघु गिरी र सचिव गमानसिंह थापाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।

जन्मे देखिनै ओच्छ्यानमा सुतेर मृत्यु पर्खिरहेका बलबहादुरका चार छोरीको पिडा सञ्चार माध्यम मार्फत थाहा पाएपछि बहराईनमा उपहार चिठ्ठा मार्फत रकम संकलन गरेर सहयोग गरिएको सेवा समाजका अध्यक्ष रघु गिरीले बताए ।

‘हामीले ब्यक्तिगत रुपमा गाँस कटाएर सहयोग गरेका छौ’ उनले भने ‘अपाङ्गहरुले उपचार र बिहान बेलुका हातमुख जोड्नका लागि थोरै भएपनि सहयोग पुगोस भन्ने चाहना मात्रै हो’ आगामी दिनमा पनि अपाङ्गहरुलाई सहयोग गर्दै जाने अध्यक्ष गिरीले बताए ।

सेवा समाज गठन भएको छ महिना पनि पुगेको छैन । पहिलो कामको रुपमा पर्वतका अपाङ्गलाई सहयोग गरिएको समाजका सचिव गमानसिंह थापाले बताए । ‘हामीले पहिलो कामको रुपमा अपाङ्गलाई सहयोग गर्ने निर्णय गरेका हौ, रकम सानो भएपनि हाम्रो प्रयास छ यसलाई बढाएर लैजाने’उनले भने ।

बलबहादुर र कौशिलाका १० सन्तान मध्ये तीन सन्तानको मृत्यु भईसकेको छ भने चार छोरी अपांग छन् । उनका एक छोरीको विवाह भई सकेको छ । अर्की छोरी विद्यालय पढ्दैछिन । कान्छो छोरो काखमा छ ।

जन्मेको ६ महिनासम्म स्वस्थ्य नै भएपनि त्यसपछि छोरीहरु पालैपालो थला परेको बाबु बलबहादुरले बताए । निरन्तर बिरामी पर्ने भएकाले परिवार झनै समस्यामा पर्ने गरेको छ ।

उपचारका लागि बाबु आमाले ऋण गरेर विभिन्न ठाउँका अस्पताल पु¥याएपनि उपचार संभव छैन भनेर डाक्टरले नै फर्काएपछि उनीहरु मृत्यपर्यन्त सुतेरै दिन काट्न बाध्य छन् । १९ बर्षिया मिठु, ११ बर्षिया गंगा र जमुना, ८ बर्षिया अनिताका न हात चल्छन न खुट्टा नै । बिभिन्न ब्यक्ति र संस्थाबाट सहयोग भएपछि अहिले बच्चाको उपचार र पालनपोषणमा सहज भएको परियारले बताए ।

डेढ दशक अघि बलबहादुरको परिवार अन्यन्त दयनीय अवस्थामा रहेको समाचार सञ्चार माध्यमबाट बाहिर आएपछि उनलाई सहयोग गर्नेहरु निरन्तर बढेका छन । सञ्चार माध्यमको सहयोगमा अहिले उनको परिवारमा धेरै सहयोग पुगेको नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले बताए । ‘संचारमाध्यमको महत्व र काम यसले झल्काएको छ’ उनले भने यसलाई निरन्तरता दिन आवश्यक छ ’ ।

पर्वत सेवा समाज बहरानबाट प्राप्त सहयोगलाई पर्वतका अपाङ्गहरुको सहयोगका लागि खर्च गरिने नेपाल अपाङ्ग उत्थान समाज पर्वतका कार्यक्रम संयोजक जगन्नाथ पौडेलले बताए । ‘अहिलेसम्म पिडामा बाँचेका र आर्थिक सहयोग नपाएका अपाङ्गहरुलाई सहयोग गर्ने योजनामा छौ’ उनले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय