दुवईमा ‘सेक्स टेप’ सार्वजनिक गरिदिने धम्की दिएर ‘व्ल्याकमेल’

दुवई -युएईमा एक भारतीय महिलाले उनका पतिका साथिले सेक्स टेप(यौन सम्वन्ध)को भिडियो इन्टरनेटमा हालिदिने भन्दै आफूलाई व्ल्याकमेल गरेको उजुरी गरेकी छिन् । ति महिलाका अनुसार उनका पतिका साथिले ३० हजार दिराम रकम नदिए भिडियो सार्वजनिक गरिदिने धम्की पटक-पटक दिएका थिए ।

३५ बर्षे ति भारतीय पुरुषको उनका एक साथिकी श्रीमतिसँग यौन सम्वन्ध थियो । सन् २०१३ र २०१४ मा ति व्यक्तिले पटक पटक उनीहरु बीच भएको यौन सम्वन्धको भिडियो खिचेर राखेको समाचारमा उल्लेख छ ।

ति महिलाले ऋण स्वरुप लिएको ३० हजार दिराम फिर्ता नगरेपछि घटना सार्वजनिक भएको हो । रकम तिर्न आनाकानी गरेपछि ति पुरुषले भिडियो इन्टरनेटमा हालिदिने धम्की दिएका थिए ।

अदालतमा ति पुरुषले आफूले ऋणका रुपमा दिएको रकम नदिएपछि बाध्य भएर धम्क्याउनु परेको श्रोतलार्ई उधृत गर्दै गल्फ न्यूजले खवर लेखेको छ । ‘उनलाई मैले रकम दिएको थिएँ, जुन उनले फिर्ता गर्न मानिनन् । त्यसै उनलाई मैले रकम फिर्ता गराउन यस्तो धम्की दिएको हुँ ‘ ति व्यक्तिले अदालत सामु स्वीकारेका छन् ।

सो घटनाका बारेमा ति महिलाले आफ्ना पतिलाई बताएपछि उनको उजुरीका आधारमा प्रहरीले ति भारतीय नागरिकलाई पक्राउ गरेर मुद्धा चलाएको हो ।

यो पनि पढ्नुहोस् 

युएईको अनलाइनले लेख्यो ‘घुम्नलाई नेपाल सुन्दर ठाउँ’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: