युएईको अनलाइनले लेख्यो ‘घुम्नलाई नेपाल सुन्दर ठाउँ’

युएई के तपाई ट्रेकिङमा जाने योजनामा हुनुहुन्छ ? त्यसो हो भनें नेपाल तपाईका लागि उपयुक्त गन्तव्य हुन सक्छ । त्यहाँका नजिकैबाट देखिने हिमाल र रमाईलो ग्रामिण जीवनले तपाईलाई लोभ्यानेछ ।

यो नेपालको कुनै ट्राभल एजेन्सीले गरेको विज्ञापन होइन । नेपालको सुन्दरताका बारेमा बयान गर्दै युएईको एउटा अनलाइनले लेखेको समाचार हो । जहाँ नेपालको अन्नपूर्ण पदमार्ग, पुनहिलसम्मको यात्रालाई रोचक ढंगमा बर्णन गरिएको छ ।

युएईको खालिज टाइम्समा लेखिएको छः पुनहिलबाट देखिने मनोरम दृष्य निक्कै रोमाञ्चक हुन्छ । त्यहाँ पुग्न पार गर्नुपर्ने जंगल, पहाडी पुराना बस्तीहरु सवैले तपाईलाई लोभ्याउने छन् ।

कतिपय ठाउँमा गाह्रो पनि पर्छ । लगातार ठाडो उकालो, ढुँगे बाटो पार गर्दै हिंडिरहनु चुनौतिपूर्ण हुन्छ । तर धेरैजसो समय भनें जंगल वा जंगल छेउछेउको मनोरम बाटोबाट नै हिंड्न सकिन्छ ।

nepal-3-1303यात्रामा रोचक कुरा धेरै हुन्छन् । खासगरी बाटोमा झुम्मिंदै आउने ग्रामिण बालबालिकाहरु । कतिले भनें केहि पैसा र चकलेट पनि माग्नसक्छन् । यात्रामा मनोरम दृष्यपानसँगै रमाइला ससाना चियापसलहरुमा बसेर मिठो चिया खानुको आनन्द नै बेग्लै हुन्छ ।

यदि तपाई साँच्चै परिवार लिएर घुम्न जाने योजनामा हुनुहुन्छ भनें नेपालको यो पदयात्रा साँच्चै अविश्मरणीय हुनसक्छ ।

परिवारमा ८, ९ बर्षका बच्चा छन् भनें आत्तिनु पर्दैन । उनीहरुलाई लिएर घान्द्रुकबाट घोरेपानी हुँदै पुनहिलसम्मको ६५ किलोमिटरको यात्रा उनीहरुले सजिलै गर्न सक्छन् । साना बच्चा छन् भनें उनीहरुलाई बोक्ने भरिया पनि तयार हुनेछन् ।

दैनिक चारदेखि ६ घण्टा हिंडाउने गरिन्छ । गन्तव्यमा चाँडै पुगेर आराम गर्ने गरिन्छ ।

मौषम राम्रो छ भनें अलौकिक दृष्य हेर्न पाइन्छ । चम्किरहेका हिमाल जहाँ संसारको दशौं अग्लो हिमाल अन्नपूर्ण प्रथम(८ हजार ९१ मि), माच्छापुच्छ्रे तथा संसारको सातौं अग्लो हिमाल धौलागिरी(८ हजार १ सय ७२ मि) देख्न पाइन्छ । सगरमाथा भनें यो रुटबाट देखिन्न ।

यो पदमार्ग पोखराबाट सुरु हुन्छ । त्यहाँ थुप्रै कम्पनीहरु छन् जसले पदमार्गको सेवा दिन्छन् । नेपाल पुगेर यात्राको तयारी गर्दा पनि हुन्छ । तर विदेशबाट नै अनलाइन मार्फत यात्राको टुँगो लगाएर जाँदा किफायति र सहज हुन्छ ।

यात्राका क्रममा निक्कै राम्रो अंग्रेजी बोल्ने गाइडहरु हुन्छन् । जसले त्यहाँका ऐतिहासिक, प्राकृतिक विषयमा जानकारी गराउँछन् । उनीहरुको आम्दानीको गतिलो श्रोत पर्यटकलाई घुमाउने नै हो ।

यो नेपाल घुम्ने उपयुक्त समय हो । केहि पछि पानी पर्न थाल्ने भएकाले एकदुई महिनापछि नेपालमा घुम्न जान उति रोमाञ्चक हुन्न । अनुमान गरेजस्तो खर्चिलो हुन्न नेपालको यात्रा । ३ देखि ५ सयसम्ममा समेत कोठाहरु पाइन्छन् यात्राका क्रममा । ति सामान्य तर सफा हुन्छन् । यात्राका क्रममा काठमाडौं वा पोखराबाट स्लिपिंग व्याग लिएर जाने गरिन्छ ।

खाना भनें भनेजस्तो हुन्न । केवल दालभात, तरकारी । त्यसैले प्याकिंगका खानेकुरा(खासगरी मासु) लिएर जानु राम्रो हो । लुगा लगाउँदा घुँडासम्मको स्कर्ट लगाउनु राम्रो मानिन्छ, त्यो भन्दा छोटो त्यहाँको समाजले उति रुचाउँदैन ।

पुनहिल अर्थात सूर्योदय हेर्ने गतिलो ठाउँ । त्यसैले घोरेपानीबाट विहानै उठेर सूर्योदय हेर्न जानेको ताँती नै हुन्छ । के तपाई नेपाल जाँदै हुनुहुन्छ त ? (खालिज टाइम्समा छापिएको लेखको भावार्थ अनुवाद) यो पनि पढ्नुहोस्

युएईमा १४ बर्षसम्म कहिल्यै नदेखेको अलौकिक स्वर्ग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय