कतारका नेपालीले जिते पुरस्कार, मनाइयो श्रमिक महिला दिवस(तस्वीरहरु सहित)

घनश्याम पराजुली (कृष्ण) , दोहा । नेपाली महिला समाज कतारको आयोजनामा गत शुक्रबार नज्मा स्थित शालिमार प्यालेसमा १०५ औं अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनाईएको छ । समाजकी अध्यक्ष रेखा राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी शक्ति समूहकी संस्थापक सदस्य चरिमाया तामाङ्ग थिईन ।

कार्यक्रममा नेपाली महिलाहरुको चुनौती, यसको सामना र समाधान विषयक अन्र्तक्रिया कार्यक्रम साथै सांगीतिक प्रस्तुतीहरु थियो । प्रमुख अतिथि तामाङ्गले कार्यपत्र प्रस्तुत गरेकी थिईन । तामाङ्गले नेपाली महिलाहरुको समकालिन अवस्था बारे जानकारी दिईन । उनी एक सघर्षशिल नारिको रुपमा चिरपरिचीत छन ।

सन् २००१ मा स्थापना भएको शक्ति समुहले महिला बेचविखनको विरुद्धमा अभियान चलाइरहेको छ । तामाङ्गले नेपालमा भईरहेको मानव बेचविखन, महिला हिंसा, यौन शोषण जस्ता विषयमा जानकारी गराईन् । महिला श्रमिक, आर्थिक अभाव र निरक्षरता साथै सामाजिक कुरितीका कारण महिलाहरुले झेल्नु परेका समस्याहरुका विषयमा अन्र्तक्रिया कार्यक्रम मार्फत प्रष्ट पारिएको थियो ।

कार्यक्रममा विशेष अतिथी नेपाली दुतावासका श्रम सहचारी लिलानाथ दाहालले कतारको नियम र कानुनलाई मध्यनजर गर्दै काम गर्नुपर्ने बताउदै महिला दिवसको शुभकामना दिएका थिए । गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्य समिति कतारका अध्यक्ष मक्सुद अलाम, लोकगायिका देबिका केसी लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधि साथै उल्लेख्य मात्रामा नेपालीहरुको उपस्थिती रहेको थियो ।

women day 2

कार्यक्रममा गायिका देबिका केसीकोे सांगीतीक प्रस्तुती रहेको थियो । कार्यक्रममा भावना राई, ज्योती गुरुङ्ग, मधुसुधन डाँगी, किरण लामा, संगिता लामा, मनिस लामा, निर्मला श्रेष्ठ, पवित्रा लामा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

कतारमा विभिन्न क्षेत्रमा २० हजार महिला कामदारहरु रहेको अनुमान गरिन्छ । महिला सेवा समाजको चाहना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना भन्ने नाराका साथ बि.स.२०६९ सालमा कतारमा स्थापना भएको यस संस्थाले विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

कतारमा विविध कार्यक्रम आयोजना गर्दै आईरहेको यस संस्थाले १०५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

women day 3

सोही अवसरमा समाजद्धारा आयोजित भाग्यशाली चिट्टाको नतिजा प्रकाशन गरिएको थियो । जसमा प्रथम पुरस्कार १ तोला सुनको सिक्का रामराजा श्रेष्ठ र दोश्रो पुरस्कार आधा तोला सुनको सिक्का तारापती अर्यालले जितेका छन ।

साथै तेश्रो पुरस्कार डिजिटल क्यामरा चिट्टा न ०९९९ लाई परेको छ । सान्तवना पुरस्कारमा पाँच जनालाई नोकियाको मोबाईल सेट राखिएको थियो । जसमा याम बहादुर राना, सन्तबहादुर, रेवन्त सारु, बिनोद तामाङ् र कृष्ण गौतमले पाएका छन ।

women day 1

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय