दिदि तपाईको सेल्टर कहाँ हो भन्दै जव उनी आइपुगिन् …….

मञ्जु गुरुङ, कोरिया- मोवाइलमा कुरा गर्दै उनले भनीन् म तपाईको सेल्टरमा बस्न आउन लागेको दिदी कसरी आउने ? मैले सोधे कहाँबाट आउन लागेको ? जल्लाभुक्तोबाट उनले भनिन् ।

हाम्रो सेल्टर कोरियाको पूर्व उत्तर तर्फको एक शहर सुवनमा छ तर उनी दक्षिण पश्चिम क्षेत्रको जल्लाभुक्तो भन्ने ठाउँबाट आउन लागेको सुनेर मेरो मुखबाट अचानक निस्कीयो ओहो त्यति टाढाबाट ? ट्रेनमा करिब चार घण्टाको यात्रा तय गर्नुपर्ने थियो उनले । सुवन यकसम्म ट्रेनमा आएपछि हामी लिन आउछौं भनें ।

सोही बमोजिम उनी हाम्रो सेल्टरमा आइपुगिन । मात्र ६ महिना भएको रहेछ कोरिया छिरेको इपिएस मार्फत कृषि भिसामा । नेपालको हिमाली क्षेत्रमा जन्मेकी उनी नेपाली भाषा बोल्दा पनि उनको मातृभाषाकै उच्चारणमा बोल्थीन ।

बसमा यात्रा गर्दा बान्ता आउने भएकाले कालो प्लाष्टिक उनको साथमा थियो । जसले प्रष्टै पाथ्र्यो उनको काठमाडौं बसाई लामो थिएन । विद्यालय स्तर मात्रै अध्यन गर्न भ्याएकी उनी विवाहिता रहिछीन् । उनको पति नेपालमै रहेछन् ।

सेल्टरमा आएको भोलीपल्टैदेखि उनलाई पेट पोल्ने टाउको दुख्ने गरेको सुनाइन र खाना पनि राम्रोसँग खाइनन् । ६ महिना भित्र नै उनले तीन ठाउँ काम परिवर्तन गरिसकेकी रहिछन् । सागबारी र भेडे खुसार्नी टिप्ने हुँदै रेष्टुरेन्टसम्म । कृषि भिसामा भएपनि साहुको रेष्टुरेन्टमा काम गर्दा विरामी भएर एक दिन काम गर्न नसकेपछि उनलाई कामबाट निकाली दिएको रहेछ ।

त्यसपछि उनी सेल्टरमा बस्न आइपुगेकी थिइन् । अर्को काम खोज्नु भन्दा पनि उनको उपचार प्राथमिकतामा थियो । त्यसैले नेपालीकै सहयोगमा अस्पतालमा उनको सम्पूर्ण परिक्षण गरियो । तर रिपोर्टमा कुनै रोग नदेखिएपछि डिप्रेशनले पनि यस्तो भएको हुन सक्ने चिकित्सकको सुझाव पायौ ।

सामान्य केही औषधी र सेल्टरमा संगै बस्ने अन्य दिदी बहिनीहरुसंगको सामिप्यताले उनमा परिवर्तन आयो । उनी खाना राम्रैसंग खान थालिन् । मन पर्ने खाना आफैं बनाएर खान थालिन् । घुम्ने डुल्ने हाँस खेल गर्न थालिन । जसले उनको अनुहार हँसिलो हुदै आयो । एक दिन सेल्टरमा एक्लै भएको बेला उनले मसंग कोरियामा आप्mनो विगत खोलिन । सुनेर मेरो मनै कुडियो ।

कोरियाको इन्छन एयरपोर्टमा ओर्लेर एक दिने तालिम सकिएपछि आ आफ्नो साहु आएर काममा लगे । उनीहरुको भने चार जना केटीहरु एउटै साहुले लिएर खाङवन्दो गएकोमो दंग परे । काम पनि सजिलो मूला र साग गोढ्ने, काँक्रा टिप्ने । चारजनामा एउटै मोवाइलबाट पालै पालो परिवारसंग कुरा गर्ने ।

तर १५ दिन हुनसाथ साँझ आएर साहुले तिमीहरु भोलि नै यो ठाउँ छाड्नु भन्दा त उनीहरु आक्क न बक्क बने । अर्को ठाउँमा काम खोज्नु जानु तिमीहरुको पत्र मैले नोदुङबो (जब सेन्टर)मा पठाइसकेको छु । त्यही गएर बुझनु भने साहुले ।

जब सेन्टर कहाँ हो, कसरी जाने, सम्झेर चिन्तित बने सबैजना । धन्न जब सेन्टरको ठेगाना कागजमा ्लेखेर साहुले दिए ।

भोलिपल्ट विहान चारै जना आ आफनो सामान लिएर हिडे । कहाँ जाने र कसरी जाने । यो विरानो ठाउँमा कोरियन भाषा पनि राम्रो बोल्न सक्दैनन् । सबैको अनुहार मलिन थियो । बसपार्कसम्म एकजनाले पुराइदियो । त्यहाँपनि एक जना कोरियनकै सहयोगमा जब सेन्टरको ठेगाना हेरेर बस स्टेशनसम्म जाने बस चडाइदियो ।

सिमसिम पानी परेको चिसो चिसो मौसममा झोला डोरोउदै खाना न पिना हुदैै सडकमा चारै जना रुदै हिंडेको उनले सुनाउदा मेरो आँखा पनि रसायो । धन्न एकजना नेपाली युवाको सहयोगमा उनीहरुले राहतको सास फेरेका रहेछन् ।

हेल्लोनेपालकोरिया डटकमबाट साभार

यो पनि पढ्नुहोस् युएईमा १४ बर्षसम्म कहिल्यै नदेखेको अलौकिक स्वर्ग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: