अबुधावी, चैत्र १ – अबुधावी प्रहरीले एक फिलिपिनो महिलालाई एक मनी एक्स्चेञ्जमा लुट्न प्रयास गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत मार्च १२ तारिखका दिन एक मनी एक्स्चेञ्जमा लुटपाटको प्रयत्न भइरहेको जानकारी प्रहरीले सुचना प्राप्त गरेको थियो ।
सुचना पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । घटनामा प्रहरीले कुनै क्षती विना लुट्न आएकी महिलालाई पक्राउ गरेको थियो । प्रहरीले लुट्न आएको व्यक्ति भाग्न नपाओस् भनेर पूरा तयारी गरिएको र घटनास्थललाई चारैतिरबाट घेरिएको बताएको छ ।
आबुधावी प्रहरीको आपराधिक गतिविधि सम्वन्धी अनुसन्धान विभागका प्रमुख कर्णेल रसिद मोहम्मद बर्सिदका अनुसार प्रारम्भीक अनुसन्धान लुट्न आएकी ति महिला ३३ बर्षिय फिलिपिनो नागरिक भएको पत्ता लागेको छ । एएलआर संक्षिप्त नाम दिइएकी ति महलिा युएईमा अवैधानिक रुपमा बस्दै आएको देखिएको छ ।
लुट्न आएको समयमा ति महिलाले कालो कपडाले शरिर ढोकेको र सेतो सल ओढेको भिडियो प्रहरीले सार्वजनिक गरेको छ । सीसीटीभीद्धारा खिचिएको सो भिडियोमा ति महिलाले प्लाष्टिकको नक्कली बन्दुक देखाएर मनी एक्स्चेञ्जका कर्मचारीलाई तर्साउन खोजेको देखिएको छ ।
उनले नक्कली बन्दुक देखाएर त्यहाँका कर्मचारीहरुलाई रकम दिन भनेकी थिइन् । बयानका क्रममा ति महिलाले आफ्नो ऋण तिर्न कुनै उपाय नभएपछि आफूले लुट्न खोजेको बताएको प्रहरीले जानाकारी दिएको छ ।
उनका अनुसार उनले झण्डै ४० लाख ऋण तिर्न सकेकी छैनन् । त्यसैले नक्कली बन्दुक देखाएर तर्साएर रकम लुटेर ऋण तिर्न खोजेको उनले बताएकी छिन् ।
कर्णेल बर्सिदका अनुसार ति महिलाको साथबाट एउटा छुरी समेत बरामद भएको छ । उनले सो छुरी आत्मरक्षाका लागि बोकेको बताएको प्रहरीको भनाई छ ।
खालिज टाइम्स र गल्फ न्यूजबाट
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस्
https://www.youtube.com/watch?v=hWxAHNTYYKg यो पनि पढ्नुहोस् नेपाली महिला कुवेतमा लागु औषध कारोवारको अभियोगमा पक्राउ, उद्धारका लागि छोरीको अपिल