मृगौला पिडित परियारलाई कतारबाट आर्थिक सहयोग

गणेश प्रसाद बन्जाडे , दोहा- बैदेशिक रोजगारीको शिलशिलामा विगत २२ महिना देखी कतारमा कार्यरत पोखरा रानिपौवाका २१ बर्षिय सुवास परियारको दुबै मृगौला खराब छन । काम गर्दै जादा कोखो दुखेर वर्का स्थित कतारको सरकारी अस्पतालमा स्वास्थ्य परिक्षणका लागि पुगेका उनले दुबै मृगौला खराब भएको थाहा पाए ।

उनी नेपाल फर्किसकेका छन । गत फेब्रवरी १३ तारिकका दिन नेपाल र्फकेका हुन । उनी हाल पोखरा स्थित मणिपाल अस्पतालमा उपचारार्थ छन । उनको पारिवारीक अवस्थालाई मध्यनजर गर्दै कतारमा विभिन्न माध्यमबाट उनको उपचारका लागि सहयोग जुटाईएको छ ।

गत १३ तारिक शुक्रवारका दिन दोहाको टपर्फम रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी दलित एकता सन्जाल एनसिसी कतारले परियारको सहयोगका बारेमा जानकारी दिइएको थियो । एनसिसी कतारबाट रु ४ लाख ४ हजार ६१ दलित एकता सन्जाल अन्तराष्ट्रिय सम्वन्य समितीका सदस्य विष्णु बहादुर गुप्ताको नाममा पठाएको छ ।

मृगौला रोगी परियारको उपचारका लागि दलित एकता सन्जालका कृष्ण बिश्वकर्माको संयोजकत्वमा सहयोग अभियान शुरु गरिएको थियो । सहयोग अभियानमा सदस्यहरु बिरेन नेपाली, क्षितिज किरण नेपाली, ईन्द्र लावर, लोक नेपाली, अशोक बि.क र कृष्ण परियार रहेका थिए ।

पत्रकार महासंघका निर्वतमान अध्यक्ष रबि रोषीले परियारको सहयोगका लागि कलम चलाएका हुन । रोषीले पिडितको बारेमा समाचार लेखेका थिए । उनको समाचारपछी सहयोगी हातहरु जुट्ने क्रम बढेको हो ।

Qatar support

सहयोग अभियानमा पर्वत युवा सेवा समाज, कास्की आदर्श सेवा समाज, विश्वकर्मा सेवा समाज, जनप्रगतीशिल मन्च, प्रवासी झापाली मन्च लगायतका संघ संस्था तथा सहयोगीहरुद्धारा रकम संकलन गरिएको सम्मेलनमा जानकारी दिईयो । दलित एकता सन्जालले विगतका दिनहरुमा पनी परोपकारी कार्य गर्दै आईरहेका विविध गतिबिधीहरुलाई कार्यक्रममा प्रष्ट पारियो । साथै यस अभियानमा सहयोग गर्ने सबै सहयोगीहरु प्रती संस्थाले कृतज्ञता प्रकट गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: