युएईमा ५४ लाख लुट्ने चारजना पक्राउ

सारजाह- युएईमा एक कम्पनीका एकाउण्टेण्टबाट २ लाख दिराम(झण्डै नेरु ५४ लाख) लुटेको अभियोगमा चारजना व्यक्ति पक्राउ परेका छन् ।

समाचार जनाइए अनुसार चारजनाको समुहमा आएका व्यक्तिले ति एकाण्टेण्टको अनुहारमा कागजको पोकोले हानेर रकम लुटेर भागेका थिए ।

तत्काल प्रहरीमा खवर गरेपछि प्रहरीले एकजना ट्याक्सी चालकलाई पक्राउ गरेको थियो । उनले आफू लुटपाटमा संलग्न रहेको स्वीकार्दै अन्य तीनजना साथि पनि रहेको उनले बताएको समाचारमा उल्लेख छ ।

लुटपाटमा संलग्न मध्ये एकजना सोही कम्पनीमा कार्यरत रहेको समेत जनाइएको छ । सोही व्यक्तिले कम्पनी र त्यहाँको एकाउण्टेण्टको गतिविधिका बारेमा जानकारी दिने गरेको थियो ।

सोही चालकको सुचनाका आधारमा बाँकी तीनजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । एकजना युएई छोडेर भाग्ने क्रममा पक्राउ परेको प्रहरीले बताएको छ ।

घटना पश्चात सारजहा सिआइडीका निर्देशक कर्णेल जिहाद विन साहोले ठूलो मात्रामा रकम साथमा बोकेर नहिंड्न आग्रह गरेका छन् । ठूलो मात्रामा रकम बोकेर हिंड्दा थप सतर्कता अपनाउन कम्पनी सञ्चालकहरुलाई उनले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् मलेसियामा कहाँ हराए उनी ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय