
भुपराज बस्याल युएई- नेपाली लगानीमा सञ्चालनमा ल्याइएको केकेएस टायर फिक्सिङ एण्ड विल अलाइमेन्ट सर्भिस कम्पनीको औपचारिक उद्घाटन भएको छ ।
शुक्रबार कम्पनीमा आयोजना गरिएको एक समारोहका विचमा नेपाली विजनेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्रबहादुर थापा र लुम्बिनी फेलफेयर सोसाइटीका अध्यक्ष डिएल शर्माले संयुक्त रुपमा रिवन काटेर उदेघाटन गरेका हुन् । कार्यक्रममा युएईमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरु व्यवसायीहरु उपस्थीत थिए ।
स्याङ्गजा जिल्ला श्रीकृष्ण गण्डकी गाविस घर भई युएईमा लामो समयदेखि कार्यरत नेपाली युवाहरु कृष्ण प्रसाद न्यौपाने, शंकर प्रसाद न्यौपाने, भुपति न्यौपाने र लेखनाथ न्यौपानेलेको संयुक्त लगानी रहेको उक्त कम्पनीमा टायर मर्मत सम्बन्धि सम्पुर्ण कार्यहरुको साथमा खरिद विक्रि पनि गरिनेछ ।
संभवतः युएईमा रहेका नेपाली व्यवसाय हरु मध्य यो मौलिक व्यवसाय रहेको कारणले सफल रहने छ ।