कतारमा एक कम्पनीलाई पौने तीन करोड व्लड मनि तिर्न अदालतको आदेश

दोहा, कतारको एक अदालतले चारजना कामदारको परिवारलाई १० लाख रियाल(झण्डै नेरु २ करोड ७५ लाख) रुपैंयाँ व्लड मनि तिर्न आदेश दिएको छ ।

प्राप्त समाचार अनुसार सो कम्पनीमा कार्यरत चारजना कामदारको मृत्यु काम गर्दै गर्दा निसास्सिएर भएको थियो । तर त्यसरी मृत्यु हुने कामदारहरु कुन देशका थिए भनेर समाचारमा खुलाइएको छैन ।

कम्पनीले पर्याप्त सुरक्षाको उपाय नअपनाएका कारण कामदारको मृत्यु भएको भन्दै अदालतले कम्पनीका तीनजना सुपरभाईजरहरुलाई ६ महिना जेलको समेत सजाय सुनाएको छ ।

कतारको दैनिक पत्रिका अल रायाका अनुसार कम्पनीले वेवास्ता गरेकै कारण ति कामदारको मृत्यु भएको अदालतले ठहर गरेको छ । घटना अनुसार एकजना कामदार सुरुमा काम गर्न सुरुङमा पसेका थिए । उनी केहिबेर ननिस्किएपछि उनका तीनजना अन्य साथि सो ठाउँमा पसेका थिए । जहाँ विषालु ग्यासका कारण ति चारैजनाको ज्यान गएको थियो ।

यसमा पूर्ण रुपमा सम्वन्धित कम्पनी जिम्मेवार रहेको अदालतले ठहर गर्दै मृतकका परिवारलाई व्लड मनि तिर्न आदेश दिइएको हो । कम्पनीले भनें यो निर्णयको विरुद्धमा पुनरावेदन गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस् कतारमा हामी लगभग अर्धभूमिगत रुपमा काम गर्दैछौंः रिमाल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय