
सउल, फागुन ३० इपिएस प्रणाली मार्फत दक्षिण कोरिया आएका एक नेपालीले शुक्रबार बेलुका आत्महत्या गरेका छन् । ८ महिना अघिमात्र कोरिया आएका मोरङको बेलबारीका २३ वर्षिय सुरेश नेपालले आत्महत्या गरेका हुन् ।
उनले आफु बस्ने कोठा नजिकैको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
कोरियाको छंजु स्थित एक गाई फार्ममा काम गर्दै आएका नेपालका दुईजना भाइ छन् । उनी १२ कक्षा पास गरेर इपिएस मार्फत कोरिया आएका थिए ।
घटनाका बारेमा बुझ्न नेपाली दुताबासका श्रमसहचारी अनिल गुरुङ घटनास्थलमा पुगेका छन् ।
कोरियामा गत फेब्रअरी २० मा मात्र झापा धुलाबारी ६ का २५ वर्षिय छविलाल भण्डारीले आत्महत्या गरेका थिए ।
कोरियामा आत्महत्या गर्ने नेपालीको संख्या डरलाग्दो रुपमा बढ्दै गएको छ । वितेका २ महिना भित्रमात्र ५ नेपालीको कोरियामा मृत्यु भइसकेको छ ।
नेपालबाट आउँदा अपेक्षा गरेजस्तो काम र कमार्ई नहुने तथा एक्लोपनाका कारण आत्महत्या गर्नेगरेको देखिएको छ ।
यो पनि पढ्नुहोस् त्रिभुवन विमानस्थलमा आफन्तको लाश फर्खिंदै ९ घण्टा