बैदेशिक रोजगारमा जाने कामदारको पसिनाको कमाईमा नेता विदेश नजाने

काठमाडौ, फाल्गुन ३० संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिु ले वैदेशिक रोजगारमा जाने कामदारले जम्मा गरेको कल्याणकारी कोषबाट अध्ययन भ्रमणमा विदेश जाँदै नजाने निर्णय गरेको छ। कल्याणकारी कोषको दुरुपयोग गर्दै मन्त्रीसहितका कर्मचारीका विभिन्न टोलीहरूले विदेश भ्रमण गरेको एवं ६ सभासद, ५ कर्मचारी र परिवारका २ सदस्यसमेत जाने तयारी गरेको समाचार आएपछि नैतिकताको प्रश्नु उठेको भन्दै समितिले यस्तो निर्णय गरेको हो।

समितिले सभामुख सुवास नेम्वाङ र श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसमक्ष कल्याणकारी कोषबाट जाँदै नजाने र जान परे सरकारी स्रोतको व्यवस्था गरिदिन आग्रह गरेको सभासद सोमप्रसाद पाण्डेले जानकारी दिए। कामदारको कोष हो भन्ने पहिल्यै थाहा भएको भए जाँदै जाँदैनथ्यौं, पाण्डेले भने।

विदेश भ्रमणको तयारीमा रहेको टोलीमा समिति सभापति प्रभु साह र सदस्य सभासदहरू भरतबहादुर खड्का, कमला शर्मा, बलबहादुर केसी र जितेन्द्रनारायण देवलाई राखिएको थियो। सभासद खड्काले पनि आफूलाई मन्त्री गुरुङले कामदारको कोषबाट जान लागेको भनेर जानकारी नदिएको बताउँदै अहिले वैकल्पिक व्यवस्था गर्छु भनेको सुनाए। राज्यमन्त्रीले एनआरएन वा अन्य स्रोत जुटाउने भन्नुभएकाले आइतबार राति जाने तय भएको छ, खड्काले भने, हाम्रो भ्रमण असल नियतका लागि हुन्छ, कुनै दुरुपयोग हुँदैन।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय