होटलमा राखेर १ लाख १० हजार लिएर एजेण्ट भागेपछि

काठमाडौं, फागुन २९- सुनसरीका एक युवालार्ई दुवई उडाउने भन्दै १ लाख १० हजार लिएर भागेका एक एजेण्टलाई पीडितले पक्रेका छन् । सुनसरीका मनोज कुमार मेहतालाई एक सुपर मार्केटको काममा पठाउने भन्दै रकम लिएर सिरहाका विकेश साह(विक्की)ले एयरपोर्टको एक होटलमा छोडेर भागेका थिए ।

मनोजका अनुसार उनलाई विदेश पठाउन विकेशले पटक-पटक गरी १ लाख १० हजार लिएका थिए । फागु पूर्णिमाको केहि समय अघि काठमाडौं बोलाएर उनीसँग रकम लिएर विकेशले उनलाई बाँकी काम नसकिएसम्म घर जान भनेका थिए ।

मेनपावर कम्पनीबाट सोही दिन विदेश उड्नु पर्ने भन्दै मनोजलाई फोन गरेपछि उनी आत्तिंदै काठमाडौं आएका थिए । तर मेनपावरले उनको ४५ हजार मात्र जम्मा भएको भन्दै बाँकी ४५ हजार जम्मा गरेर मात्र विदेश जान पाउने बताएपछि मनोज छाँगाबाट खसे झैं भएका थिए । उनले भने ‘मैले मेनपावरका कर्मचारीको खुट्टा समातेर रोएँ तर उनीहरुले मलाई पठाउन मानेनन् । मसँगै भिसा आएका अन्य साथि गएपनि म जान पाइन ।’

उनले विकेशलाई सम्पर्क गरेपछि उनले मिलाएर पठाइदिने भन्दै मनोजलाई एयरपोर्ट नजिकैको न्यू बुद्ध गेष्ट हाउसमा लगेर राखेका थिए । सो रात विकेशले मदिरा सेवन गरी धेरै रकमको बील उठाएर भोलीपल्ट भागेका थिए ।

भागेपछि मोवाईल स्वीच आफ गरेका विकेश त्यसपछि फर्केर आएनन् । साथमा रकम नभएका मनोजलाई होटल सञ्चालकले रकम चुक्ता गरे मात्र जान दिने भन्दै झण्डै एकहप्ता बन्धक बनाएका थिए ।

विकेशको कुनै पत्तो नलागेपछि विहिवार रोइकराई गरेका मनोजलाई विकेशलाई खोजेर ल्याउने शर्तमा होटल सञ्चालकले छोडिदिएका थिए । उनले भक्तपुरमा डेरामा लुकेर बसेको अवस्थामा विकेशलाई पक्रेर ल्याएपछि घटना सार्वजनिक भएको हो ।

सुनसरीको गौतमपुरका मनोजका जेठानलाई यसअघि विकेशले नै कतार पठाइदिएका कारण उनले विश्वास गरेर रकम दिएर र अहिले फसेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

बल्ल तल्ल उम्किए पत्रजयाको फन्दाबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय