२५ जना नेपाली स्वदेश फर्किंदै

काठमाडौ,  कम्पनी बन्द भएपछि मलेसियामा कार्यरत २५ जना नेपाली युवा आज(शुक्रवार) स्वदेश फर्कदै छन् । जोहोरबारु स्थित एक गेम्बलिङ कम्पनी (मिनी क्यासिनो) अचानक बन्द भएपछि अलपत्र परेका उनीहरुको डेढ महिनाअघि जागिर गुमेको थियो । रोजगारीका क्रममा एकबर्षअघि देखि त्यहाँ कार्यरत उनीहरुलाई कम्पनी व्यवस्थापनले नेपाल फर्काउन लागेको पीडित कामदारले बताए ।

दैनिक ५० हजार रिंगिट बराबरको व्यापार हुंदै आएको उक्त कम्पनी कानुनी समस्याका कारण बन्द भएको कामदारहरु ठान्दछन् । उनीहरुका अनुसार त्यहाँ कार्यरत करिब दुई सय नेपालीमध्ये यसअघि पटक पटक गरी डेढसय नेपाली जागिर गुमेपछि स्वदेश फिरेका थिए ।

उनीहरुलाई सरकारी अनुमतिभन्दा बेग्लै कम्पनीमा काम (कन्ट्रयाक) मा लगाइएको थियो । ‘कम्पनी बन्द भएपछि हामी २५ जना शुक्रबार नेपाल फर्कदै छौ ।’ पीडित मध्येका एक चितवनका धीरेन्द्र राईले बिहीबार टेलिफोन सम्पर्कमा भने ‘हामीलाई सम्झौता गरिएभन्दा बेग्लै कम्पनीमा काममा लगाइएको थियो । पटक-पटक समस्या देखिएपछि यसअघि नै डेढसय साथीहरु फर्कीसके ।’

अर्का पीडित सन्तोष देउजाका अनुसार सबैजना आफ्नै खर्चमा स्वदेश फिर्न लागेका हुन् । अधिकांशको शुक्रबारसम्म मात्रै भिसा छ । ‘हामी सबै आफ्नै खर्चमा र्फकन लागेका हौं । कम्पनीले कुनैपनि क्षतिपूर्ति दिएन ।’ उनले भने ‘न त अन्यत्र काम नै मिल्यो, बरु उल्टै ३ हजार ६ सय प्रतिव्यक्तिका दरले रकम मागेको थियो तर हामीले दिएनौं ।’ नेपाल फिरेपछि क्षतिपूर्ति माग गर्दै आवश्यक प्रक्रिया अपनाइने पीडितहरुले बताए ।

कान्तिपुरबाट

यो पनि पढ्नुहोस् जो कतारमा जिरोबाट हिरो बने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय