एक नेपालीको शव ३१ महिना देखि विदेशमा अलपत्र

कतार- पहिचान नखुलेका एक नेपाली कामदारको शव यहाँ ३१ महिनादेखि अलपत्र परेको छ । ती कामदारको सन् २०१२ अगस्ट २७ मा मृत्यु भएको थियो । अस्पतालमा ती कामदारलाई उत्तमलाल महतोको नाममा भर्ना भएको थियो । भर्ना भएको दुईदिनमा धेरैजसो अंगले काम नगरेपछि उनको मृत्यु भएको हमाद अस्पतालले जनाएको छ । हमाद अस्पतालमा उनको दर्ता नम्बर एचसि २७४४७२३ छ ।

नेपाली दुताबासले मृतकको सही नाम र ठेगाना पत्ता लगाउन प्रयास गरेपनि सम्भव नभएको जनाएको छ । दुतावासका एक अधिकारीका अनुसार सन् २०१४ मार्च ६ गते महोत्तरी जिल्ला प्रशासन कार्यालयलाई उत्तमलाल महत्तोको वास्तविकता बुझ्न पत्र पठाएको थियो । स्थानीय प्रशासनले यसबारे जवाफ दिएको छैन् ।

ति व्यक्ति बिरामी भएपछि एक जना नेपाली डाइभरले भर्ना गर्न अस्पताल लिएर गएका थिए । तर त्यस कम्पनीमा काम गर्ने अर्का उत्तमलाल महत्तो भने नेपाल फर्किसकेका छन् ।

दुताबासका जनसम्पर्क अधिकृत ताजले कम्पनीमा गएर ती कामदारको वास्तविक परिचय पत्ता लगाउन धेरै कोसिस गरेपनि सही सुचना पाउन सकेको छैन ।

कान्तिपुर दैनिकमा समाचार छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय