मलेसियामा एमाओवादी निकट मञ्चको सम्मेलन हुँदै

क्वालालाम्पुर, फागुन २६ – नेपाली जनप्रगतिशील मञ्च, मलेसियाको छैटौ अधिबेशन आगामी अप्रिल ५ तारिकको दिन हुने भएको छ । गत मार्च ८ मा क्वालालाम्पुरमा सम्पन्न प्रबासी श्रमिक मञ्च, मलेसिया राष्ट्रिय सम्मेलन आयोजक समितीको बैठकले एमाओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र युबराज चौलागाइँको आतिथ्यमा अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

मञ्चका महासचिब प्रेम पाण्डेको सम्योजकत्वमा सम्पन्न बैठकले मजदुर संगठनको अधिबेशन पनि सोही समयमा सम्पन्न गर्ने गरी गृहकार्य शुरु गरेको छ । मजदुर संगठन अधिबेशनको लागि शालिकराम जमरकट्टेल र जनार्दन शर्मा आउने सम्भावना रहेको अधिबेशन प्रचारप्रसार प्रमुख अस्मित सिंहले बताएका छन ।

सम्मेलनलाई भब्य र सानदार रुपमा सम्पन्न गर्नको लागि बिभिन्न बिभाग, समिती तथा उपसमितीहरु गठन गरिएको छ । एमाओबादी निकट उक्त संगठनको अधिबेशनलाई सम्पन्न गर्नको लागि मलेसियामा रहने शुभचिन्तक, ब्यापारी, ब्यवसायी, पत्रकार तथा समाजसेवीहरु सबैमा सहयोग र समर्थनको लागि मञ्चले आह्बान गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय