साउदीमा श्रीमानलाई भन्दा धेरै उँटलार्ई माया गरेपछि ………

मनामा- साउदीका एक व्यक्तिले आफ्नी श्रीमतिले आफूलाई भन्दा धेरै उँटलाई माया गरेको भन्दै श्रीमतिसँग सम्वन्ध विच्छेद गरेका छन् । राजधानी रियादबाट केहि टाढा रहेको पुरानो घरमा पुगेपछि ति व्यक्तिले आफूले आफ्नी श्रीमतिले उँटलाई अत्यधिक प्रेम गर्ने गरेको पत्ता पाएको र त्यसैले सम्वन्ध विच्छेदको निर्णयमा आफू पुगेको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यम सोदाका अनुसार ति महिलाले पनि आफूले पतिलाई माया गर्ने भएपनि आफ्ना माइतमा रहेको अल वालिफ नामको उँटलाई अत्यधिक माया गर्ने गरेको बताएको उल्लेख गरेको छ ।

समाचारमा जनाइए अनुसार ति महिलाले आफ्नो उँट प्रेमका बारेमा बताइरहँदा ति पुरुष अवाक् भएर सुनिरहेका थिए । ति महिलाले आफ्ना दाजुभाईहरुलाई साक्षि राखेर यो कुरा बताएकी थिइन् ।

ति व्यक्तिले घर फर्केपछि पनि आफ्नी श्रीमतिले त्यहि उँटका बारेमा पटक पटक कुरा गरिरहेपछि उनलाई लिएर उनले माया गर्ने उँट भएतिर लगेर छोडिदिएको समाचारमा उल्लेख छ ।

ति व्यक्तिले आफुले विवाह गरेकी महिला मानव नभएर पशु भएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । उनले ति महिला केवल उँटहरुसँगै बस्न लायक रहेको समेत बताएको समाचारमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय