कोरियामा कुकुर मार्नेलाई जेल, जरिवाना र स्वदेश फिर्तिको सजाय

सउल, दक्षिण कोरियामा पशु संरक्षण ऐनको उल्लघंन गरेको आरोपमा ईन्डोनेसियाका दूई आप्रबासी कामदारलाई एक बर्षको जेल सजाय सहित ८ हजार ९ सय ९५ डलर जरिवाना र देश फिर्तीको सजाय तोकिएको छ ।

आफु कामगर्ने कम्पनिको प्राङगणमा जीन्डो नामक कुकुरलाई घाँटीमा बाँधेर फोर्कलीफट्मा झुण्डाएर निर्दयी तरिकाले जनावर हत्या गरेको हुँदा उनीहरुमाथि कार्बाही गरिएको पशुअधिकारकर्मी नामी किमले जानकारी दिए । यस घटनाको अनुसन्धान बुशान स्थीत जुङ्बु प्रहरी स्टेशनले गरेको थियो ।

जीन्डो दक्षिणकोरियाको एक द्धीपको नाम हो जसलाई कोरियनहरु प्राकृतिक स्मारकका रुपमा लिने गर्दछन् । साथै यस घटनापश्चात पशु अधिकारकर्मीले सरकारसँग कुकुर मासु ब्यापारमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

नेपालकेरिया डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय