विदेशमा जन्मेका छोराछोरीलाई नागरिकता दिन माग

काठमाडौं, फागुन २४- वैदेशिक रोजगारमा काम गरेर फर्किएका महिलाहरुलाई स्वदेशमा नै उद्यमशील बनाउन सरकारले सहयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गर्नका लागि महिलालाई विशेष प्राथमिकता दिनु पर्ने उनीहरुको भनाई छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गैरआवासीय नेपाली संघ र वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले सो कुरा राखेका हुन् ।

एनआरएनएका उपाध्यक्ष टिबी कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उद्योग तथा आपूर्तिमन्त्री सुनिल थापाले देशमा लगानी गर्ने वातावरण सिर्जना भएको उल्लेख गर्दै सबै एनआरएनहरुलाई स्वदेशमा लगानी गरेर वैदेशिक रोजगारमा जाने बाटो अन्त्य गर्न आग्रह गरे ।

कार्यक्रममा एनआरएनएकी महिला संयोजक सपिला राजभण्डारीले विदेशमा १० हजार भन्दा बढि रहेका नेपाली महिला कामदारहरुको सुरक्षाका लागि ‘सेल्टर हाउस’ बनाउन, दूतावासमा महिला कर्मचारी अनिवार्य राख्न तथा विदेशबाट स्वदेश फर्कने महिलाका लागि विशेष प्राथमिकता दिन एनआरएनले पटक पटक पहल गरेको बताइन् ।

कार्यक्रममा वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई सक्षम र सुरक्षित बनाउनु आजको आवश्यकता रहेको औल्याउँदै उनीहरुलाई सीप सिकेर मात्र विदेश जान आग्रह गरे ।

विदेश गएका महिलाहरुका लागि छुट्टै व्यवस्था नभएता पनि विदेश जानका लागि २१ दिने तालिम र अभिमूखिकरण तालिम निशुल्क दिइरहेको उनले बताए ।

एनआरएनले विदेशमा जन्मिएकाहरुका लागि बुवा वा आमाको नामबाट नागरिकता दिनु पर्छ भन्ने माग राख्दै आएको बताउँदै कार्यक्रमका सभापतिसमेत रहेका एनआरएनका उपाध्यक्ष टिबी कार्कीले विदेशमा जन्मिएका बच्चाका लागि छुट्टै व्यवस्था गर्न सरकारलाई आग्रह गरे । उनले भने–‘ विदेशमा महिलापुरुष बराबर भइरहेको अवस्थामा नेपालमा भेदभावको अन्त्य हुनुपर्छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय