नेपाली व्यवसायीले कतारमा खोले सुपर मार्केट

दोहा- कतारको न्यु सैलियाको अल मिराद एरियामा नेपाली व्यवसायीको लगानीमा अल अरब फ्रेसमार्ट नामक सुपर मार्केट सुरु भएको छ । नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुवेदी र नेपालबाट आमन्त्रित नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गोमा भट्टरार्इले सुपरमार्केटको शुभारम्भ गरे । सो सुपर मार्केट नेपाली व्यवसायी दाम्पति बिकाश प्रसाई र अनु भट्टराइ प्रसाईले सञ्चालन गरेका हुन ।

उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव अजिज अलि, व्यवसायीहरु राज रेग्मी, नबिन पोख्रेल, युवराज पाण्डे, पूर्ण पोखरिया जनसम्पर्क समितिका महामन्त्री धिरज चामलिंग रार्इ, सदस्य केशव भुषाल, देवराज राइ, सिटि एक्सप्रेस मनि ट्रान्सफरका कतारका कन्ट्री मेनेजर देवराज थापा, पत्रकार शिवराज रेग्मी, उषा वाग्ले लगायत कतारका बुद्धिजीवी व्यवसायी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

खाडी मुलुकमा सबै भन्दा उत्तम नेपालीहरुको व्यवसायिक गन्तब्य बनेको कतारमा आफ्नै व्यवसाय गर्ने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ ।

२००६ मा क्रिष्टल कार सेन्टरमा १६ महिना एकाउन्ट मेनेजरको रुपमा काम गरि व्यवसायमा होमिएका प्रसाईले सुपर मार्केटका अलावा अल अरब टेक्निकल नामक कम्पनि पनि संचालनमा छ । जसमा हाल करिब ३ सय ५० जना कामदारलाइ रोजगार दिईरहेको प्रसाईले बताए ।

Qatar Super market 2

उनले नेपाल र भारतबाट खाद्यान्नका साथै कटिंग टायर एक्सपोर्टको व्यवसायका साथै नेपालमा रियल स्टेटमा समेत लगानी गरेका छन । कम्प्युटर इन्जिनियरिंगमा ग्र्याजुयट गरेका प्रसाई चार पाने १ झापाका स्थानीय बासिन्दा हुन् । हाल काठमाडौंमा बसोबास गर्दै आएका उनी परोपकारी संस्था हेल्पिंग हर्ट नेपालका संस्थापक पनि हुन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय