स्याङ्गजा सहयोग समाज कतारको साधारण सभा सम्पन्न

घनश्याम पराजुली (कृष्ण), दोहा- स्याङ्गजा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना भन्ने नाराका साथ सन् २००५ मा कतारमा स्थापना भएको स्याङ्गजा सहयोग समाज कतारले आफ्नौ १० औं बार्षिकोत्सव सँगसँगै पाचौं साधारण सभा सम्पन्न गरेको छ ।

सहानियाको दोशरी गार्डेनमा सम्पन्न सभालाई संस्थाका अध्यक्ष रामु बस्यालले सभापतित्व गरेका थिए । संस्थापक उपाध्यक्ष तथा गैर आवासिय नेपाली संघ मध्यपुर्व उप–संयोजक पुर्ण के.सीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सचिव चिरन्जिवी ढकालले सञ्चालन गरेका हुन ।

संस्थाको पाँचौ साधारण सभाबाट गोप सुनारको नेतृत्वमा २७ सदस्यिय नयाँ कार्यसमिती निर्विरोध चयन भएको छ । सभाबाट प्रथम उपाध्यक्षमा धनञ्जय लम्साल, उपाध्यक्षमा दिल गोदार र अवुवक्कर अली, सचिव हरी अर्याल, सह–सचिव हरी लुईटेल, कोषाध्यक्ष खड्ग बहादुर नेपाली र सह–कोषाध्यक्ष सुर्य अर्याल चयन भएका हुन ।

त्यस्तै सदस्यहरुमाः लेख बहादुर कुँवर, दौमया गुरुङ्ग, बम बहादुर कार्की, नारायण काफ्ले, कल्याण पौडेल, हेम राना, भगिरथ पौडेल, पुर्ण बहादुर बिक, याम भुषाल, उत्तम भट्टराई, प्रकाश परियार, दिपक खड्का, माधव लुईटेल, अज्मत अली, धुर्ब बि.सी, राजन बिक, घनश्याम अर्याल, कृष्ण प्रसाद ढकाल र नेत्र अधिकारी चयन भएका हुन ।

कार्यक्रममा गोप सुनारले स्वागत मन्तव्य राखेका थिए भने नवप्रतिभा साँस्कृतिक परिवारले सांगितीक प्रस्तुती पस्केको थियो । कार्यक्रममा गायक धुर्व बि.सीले आफ्नै एल्बम वालिङ्गमा भेट्नलाई बाट “धेरै भयो प्रतिक्षा गरेको आज बल्ल भेट्ने साईत परेको, यो मनको तिर्सना मेट्नलाई आज मेरी मायालु आउदै छन बुटवल बस चढेर बालिङ्गमा भेट्नलाई” प्रस्तुत गरे ।

राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रममा संस्थाको दशौं बार्षिकोत्सवलाई हर्षोउल्लासका साथ मनाईयो । १० वटा मैन बत्ति बाली कार्यक्रममा केक समेत काटिएको थियो । स्याङ्गजा सहयोग समाज कतारको एकल प्रयासमा जिल्ला स्थित अन्तराष्ट्रिय समन्वय समितिको नाममा रहेको रु १५ लाखको अक्षयकोषलाई बृद्धी गर्ने बार्षिक कार्ययोजना अन्तरगत संस्थाले २ लाख ५० हजार हस्तान्तरण गरेको छ । कार्यक्रममा अक्षयकोषको लागि सहयोग रकमका बारेमा जानकारी गराईएको थियो । संस्थाका प्रमुख सल्लाहकार टुकराज अर्यालको संयोजकमा उक्त अक्षयकोष स्थापना भएको हो ।

कार्यक्रममा संस्थालाई विभिन्न तह र तप्कामा रहेर सहयोग गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । एक दर्जन भन्दा बढी सहयोगीहरुलाई संस्थाले खादा ओढाएर सम्मान पत्र र प्रशंसा पत्र प्रदान गरेको थियो ।

स्याङ्गजा सहयोग समाज कतारले विगत एक दशक देखि विभिन्न सामाजिक क्रियाकलापमा अगाडी बढिरहेको छ । कतारमा आई विभिन्न समस्यामा परेका नेपालीहरुको हक अधिकार र समस्या समाधानका गर्दै जिल्लाको विकासमा टेवा पुर्याउने काम गर्दै आएको यो संस्था कतारका क्रियाशिल संस्था मध्यको एक उदाहरणीय संस्था हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: