जव मेनपावरका सञ्चालक हेलिकप्टर चढेर युवा छान्न जिल्ला पुगे ……

काँकडभिट्टा- विदेश जाने युवाको अन्तर्वार्ता लिनकै लागि हेलिकप्टर चार्टर गरेर बिहीबार राजधानीबाट वैदेशिक रोजगार व्यवसायीको एक टोली झापा आयो ।

बिर्तामोडस्थित बिर्ता मोडल इंग्लिस स्कुलको प्रांगणमा बिहान साढे ११ बजे हेलिकप्टर ओर्लिनुअघि स्थानीयले लख काटे उच्चपदस्थ कोही आए होलान् । तर उनीहरूको अनुमान मिलेन । किनकि हेलिकप्टरमा कञ्चन ह्युमन रिसोर्स प्रालिका प्रबन्ध निर्देशक किरणकिशोर घिमिरे, व्यवस्थापक प्रेम बिमली, दुबईस्थित कम्पनीका प्रकाश सिंह र प्रिन्स सिंह थिए । वैदेशिक रोजगारीमा जाने झापाली युवाको अन्तर्वार्ता लिनकै लागि यो टोली झापा ओर्लिएको थियो ।

भीआईपी नै आएछन् भन्ने लागेको थियो, हेलिकप्टर हेर्न बिर्ता मोडल स्कुल पुगेका स्थानीय प्रकाश राजवंशीले भने, मेनपावरका मान्छे पो रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार टर्किस एयरको जहाज दुर्घटनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएकाले हेलिकोप्टर चार्टर गर्न बाध्य भएको कञ्चन ह्युमन रिसोर्स प्रालि बिर्तामोडका प्रबन्ध निर्देशक जीवन दाहालले बताए ।

मेनपावर कम्पनीले दुबईको एयरपोर्ट क्लिनरका लागि बिहीबार फाइनल अन्तर्वार्ताको समय पहिले नै तय गरेको थियो । बिर्तामोडको मुन टावर होटलमा अढाई सय युवा सहभागी थिए । दाहालका अनुसार कम्पनीले हेलिकप्टर चार्टर गर्न २ लाख ७० हजार खर्चिएको छ ।

‘अन्तर्वार्ताको समय पहिले नै तय गरिएको थियो’ दाहालले भने ‘अन्तर्वार्ताका लागि विभिन्न जिल्लाबाट युवाको भीड लागेका कारण अन्तर्वार्ता स्थगित गर्नुको साटो हेलिकप्टर चार्टर गरेका हौं ।’

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: