नेपाली बेखर्ची भएर भोकभोकै विमानस्थलमा

काठमाडौं – टर्किस एयरको जहाज धावनमार्गमा विग्रिएपछि त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा नेपाल फर्कन लागेका १५ सय नेपाली दुबईको सारजहाँ विमानस्थलमा अलपत्र परेका छन् ।

त्रिभुवन विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भएर अड्केको जहाज निकाल्न नसक्दा घर फर्कन लागेका नेपालीको विचल्ली भएको हो ।

घर फर्कने खर्च लिएर सारजहाँ विमानस्थलमा पुगेका नेपाली विमानस्थलमा बस्नुपर्दा बेखर्ची भएर विचल्लीमा परेका हुन् । घर पुग्ने खर्च लिएर हिँडेका १५ सय बढी नेपाली अहिले भोकभोकै सारजहाँ विमानस्थलमै घर फर्कने आशमा बसिरहेका छन् ।

टर्किसको जहाज विमानस्थलबाट हटाउन नसक्दा अन्तर्राष्ट्रिय उडान ठप्प छ । विमान हटाउन भारतीय वायुसेनाको १२ जनाको टोली लागिरहँदा पनि विमानलाई धावनमार्गबाट हटाउन ढिलाइ भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय