मलेसिया- कहिले काही सामाजिक सञ्जालमा हतार गरेर कसैको घट्ना दुर्घट्नाको फोटो राख्दा भोली कस्तो अवस्था आउछ सोच्नु पर्ने हुन्छ । नसोचेमा कसैको जिन्दगी वा परिवारमा ठुलो चोट पुग्न सक्छ । यस्तै चोट पुगेको छ जगतिपुर २ जाजरर्कोटका उपेन्द्र बिकको घरमा ।
करीब २८ महिना पहिले मलेसिया आएका कृष्ण बिकलाई नेपालीहरुले नै मार्ने उद्धेश्यले दाउले टाउकोमा हानेर मर्यो भनेर फालिदिएका थिए । मरणासन्नको त्यो रगत्ताम्य फोटो कसैले फेसबूकमा राखी दिनाले उनी मरी सकेको भनेर घरमा काजकृयाको तयारी गरिएको थियो । तर अकस्मात कृष्णको फोन घरमा जादा काजकिरीया रोकियो ।
२८ महिना पहिले मलेसियाको एक कम्पनिमा कामदारको रुपमा आएका कृष्णसँग अर्को कम्पनिका एक नेपाली सुरक्षा गार्डसँग झगडा पर्यो । खड्का थरका ति गार्ड्ले तँ ठुलो बन्ने भनेर एक्कासि मारिदिने धम्की दिए उनलाई । फेब्रुअरी २० तारिक उनलाई तेरो भोली काम छैन भनेर काम गरेको ठाउँमा नै थुनेर बाहिरबाट ताल्चा लगाइदिए । त्यस दिन उनलाई चौथो तलामा लगि करेन्ट लगाएर छाडियो ।
भुइमा छट्पटाए पछी अब यो दुईदिन भित्र मर्छ भनेर उनीहरु त्यहाँबाट गए । बिहान उनी होसमा आए जहाँ धेरै मान्छे जम्मा भई सकेका थिए । उनीहरु मध्य कसैले टाउको काटेर फाल्नु पर्छ कसैले होईन छ्तबाट खसाल्नु पर्छ भने ।
उनी मर्ने भैसके पछी उनले मेरो घरमा सानो बच्चा श्रीमति छ भनेर रोए, अनुरोध गरे तर ति व्यक्ति मानेनन् । त्यसो भए आफुलाई जिउदै होईन काटेर फाल भने । सुरुको गार्डले यसको कम्पनी छ नमारौ भने पनि एक जनाले टेबलमा भएको दाउले टाउकोमा हान्यो । अर्कोले जिम गर्ने सामानले हान्यो र त्यस पछी उनलाई केहि थाहा भएन ।
अस्पतालको व्हिल चीयरमा बसेर बाहिर निस्कदा आफु कहाँ किन आएको केहि सोच्न सकेनन उनले । खाली खुट्टामा उनि हिडेर कता पुगे रोडमा सुते, भोकभोकै १०/१२ दिन बिताए ।
चोकेर भन्ने ठाउमा एउटा भ्यानले १० रिङ्गगेट दिए पछी कोतारायामा आए र एक रात मेडिन बसपार्कमा सुते । त्यहाँको ट्याक्सी ड्राइभरले उनको हालत देखेर ६ रिङ्गगेट दिए पछि खाना खाए उनले ।
काजी थापा भन्ने साथिलाई भेटेर उनको मार्फत नेपालमा दाइ सँग सम्पर्क भए लगत्तै उनीलाई दाईले खर्च पठाएर केहि समयपछि घर फर्कदै छन बिक । मार्च ४ तारिक कोताराया आइपुगेका बिकले त्यस दिन फोन नगरेको भए उनको काजकिर त्यहि दिन बस्ने तयारी गर्दै थिए ।
कोतारायाको भान्छा घरमा भेटिएका बिकको निधार देखि टाउकाको बिच भागसम्म करीब २० टाँका, पछाडी भागमा ३ ठाउमा करीब १५ टाका लगाइएको छ । फेसबूक कारण पहिले नै नेपालमा लास झिकाइ दिन भनेका उनका दाइले खबर पाए पछि ७७ हजार ५ सय रुपैया पठाएर जिउँदो भाईलाई नेपाल झिकाउने तयारीमा छन् ।
उनका बारेमा मरिसकेको भनदै लास झिकाइदिन नेपालबाट अनुरोध आएको भएपनि उनका साथिले उनी जीवितै रहेको भन्दै डकुमेन्टका लागि आग्रह गरेको मलेसिया स्थीत नेपाली दुतावासका द्धितीय सचिब उत्तम शाहिले जानकारी दिएका छन् । उनलाई छिट्टै नेपाल फर्काइने शाहीले बताए ।
रेस्क्यू न्यूज आनलाइनबाट