एनआरएन अध्यक्षले गरे सहयोगको आव्हान

काठमाडौं, एनआरएन अध्यक्ष शेष घलेले नेपालको विमानस्थलमा टर्किस एयरको विमानका कारण अवरोध पुगेपछि नेपालीलाई सहयोग गर्न विभिन्न देशमा रहेका एनआरएनकर्मीहरुलाई आव्हान गरेका छन् ।

आवहानमा घलेले नेपालको अन्तराष्ट्रिय बिमानस्थल बन्द भएपछि नेपाल जाने तयारीमा बिभिन्न मुलुकका एयरपोर्टमा सयौं नेपालीहरु अलपत्र परेको भन्दैै उनीहरुलाई सहयोगका लागि आग्रह गरेका हुन् ।

खासगरि मलेसिया, थाइल्याण्ड, हङकङ, दोहा, साउदी अरव लगायतका एयरपोर्टमा अलपत्र परेका नेपालीलाई खर्चको अभाव हुन थालेको र बसोवासमा समेत समस्या देखिएको भन्दै उनले ति देशमा रहेका सवै गैरआवासीय नेपाली संघका राष्टिय समन्वय समिति शाखाहरुलाई एयरपोर्टमा पुगरे नेपालीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

घले समेत नेपाल आउने क्रममा बैंकक एयरपोर्टमा रोकिएका छन् । बैंकक एयरपोर्टमा कोही नेपाली समस्यामा परेको भएमा घलेले आफूलाई सम्पर्क राख्न आग्रह गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: