रवि रोषी, दोहा – पुरानो थातथलो लमजुंग भइ हाल काठमाडौं थानकोटमा स्थायी बसोवास गर्दै आएका अमृत श्रेष्ठका परिवार यति बेला चिन्ताग्रस्त छन् । छोरा आशिष श्रेष्ठ कतारको अमोज क्याटरिंगमा कामको लागि गएको बताउने उनका वुवा अमृत श्रेष्ठ विगत ८ महिना देखि सम्पर्क विहिन हुँदा आफु ठूलो चिन्तामा परेको बताउँछन् ।
१९ बर्षे अशिष श्रेष्ठ कतारमा कहाँ के गर्दै छ, सो बारेमा जान्न फोन सम्पर्क गर्दा पनि कुनै अत्तोपत्तो नभएको उनी बताउँछन् । उनको कतारको फोन नम्बर ३०३९९४५० हाल लामो समय देखि बन्द भएको बताउने उनका बावु कतारमा रहेको छोरोसंग कसरी सम्पर्क गर्न सकिन्छ भनी चिन्तामग्न छन् । ०६७९९०६० पासपोर्ट बाहक आशिष श्रेष्ठ हाल उनी त्यो कम्पनीमा रहेको नरहेको जानकारी पनि कहिँ कतैबाट पाउन नसकेको उनी बताउँछन् । सम्पर्कविहिन हुनु अघि अर्थात् ८ महिना अघि कर्निस घुम्न जाँदैछु वुवा भनेर फोन सम्पर्क भएको छोरोसंग त्यहि दिन बोली मिसाएर कुरा गर्न नपाएको उनका बुवा अमृत श्रेष्ठ बताउँछन् । दिन भरि डिउटीमा मन भुलाउँछु, कोठमा गएपछि रातभरि छोरोको याद आउँछ । कहाँ होला, के गर्दै होला यस्तै कुराहरु मनभरि खेलेर छोरोको सम्झनाले निन्द्रा पनि लाग्दैन । मेरो छोरो खोजिदिनु अमृतले टेलिफोनमा भने । आशा राखौं, यो समाचार पछिसकेपछि कतारमा रहेका संघसंस्थाहरुले आशिषको खोजीमा सम्बन्धित निकायसंग सहयोग लिएर आशिषको बुवाको चिन्तित मुहारमा खुशी ल्याउन सघाउ पुर्याउनुहुनेछ ।