दुवई- दुवईमा दुई जना नेपाली महिलालाई चोरीको अभियोग लागेको छ । एक विमान कम्पनीमा सफाइ कामदारका रुपमा कार्यरत उनीहरुलाई दुवई अन्तराष्टिय विमानस्थलबाट चाँदीको चम्चा, तास, बहुमूल्य घडी, केहि उपाहार सामग्री र रकम चोरेको अभियोग लागेको छ ।
उनीहरुले चोरेको सामानको मूल्य ६३ हजार दिराम(नेरु झण्डै १७ लाख ६४ हजार) भएको दोहा न्यूजले समाचार लेखेको छ । चोरीको अभियोग लागेकाहरुमा ३५ बर्षिय डीएम र ३३ बर्षिय केआर भएको समाचारमा उल्लेख छ । उनीहरुको नामको पूर्ण विवरण खुलाइएको छैन ।
समाचार अनुसार केआरलाई विमानबाट चार सेट तास, ५० वटा चाँदीका चम्चा, उपहारमा दिइने व्यागहरु त्था केहि रकम चोरेको अभियोग छ । डीएमलाई बहुमूल्य घडी चोरेको अभियोग छ । सो घडी लुकाएको अभियाग केआरलाई लागेको छ । डीएमले आफूले सो घडी चोरेको नभई आफू काममा व्यस्त भएका कारण फिर्ता दिन नसकेको र त्यसपछि विर्सिएको बताएकी छिन् ।
सो घडी एक अरवी महिलाको रहेको र उनले आफूले सामान हात धुने ठाउँमा विर्सिएकी थिइन् । म १५ मिनेट पछि घडी खोज्न फेरी फर्किंदा त्यहाँ घडी थिएन । त्यसपछि मैले प्रहरीमा यसबारेमा जानकारी गराएँ ति महिलाले भनेकी छिन् ।
यसका बारेमा नेपाली महिला कामदार डीएमले भनेकी छिन् ‘ति महिलाले मलाई आफ्नो घडी हराएको बारेमा बताएकी थिइन् । मैले त्यस बारेमा कुनै जानकारी नभएको बताएँ । त्यसपछि मैले भुईंमा झरेको अवस्थामा घडी भेटें । मैले भेटेर त्यसलाई राखें । कामका कारण मैले त्यो कुरा विर्सिएर घडी आफू बस्ने कोठामा फर्किंदा साथै लिएर गएँछु । त्यसलाई मैले साथि केआरलाई राख्न दिएँ ।’
चोरीको यो अभियोगको मुद्धामा आगामी अप्रिल १९ मा सुनुवाई हुने भएको छ ।