बसन्त फिल्म्सले जुटायो सहयोग

घनश्याम पराजुली (कृष्ण) दोहा, बसन्त फिल्मस्का संरक्षक तथा युवा समाजसेवी ईश्वर काफ्ले लगायतको समुहले पाल्पाको हुंगिका योगेश भण्डारीको उपचारका लागि २ लाख ५३ हजार सहयोग संकलन गरेको छ । उनको उपचारमा राहत पुगोस् भन्ने उद्धेश्यले कतारमा कार्यरत सहयोगीहरुबाट सो रकम संकलन भएको अभियानका संयोजक ईश्वर काफ्लेले बताए । 

सहयोगीहरु प्रति आभार प्रकट गर्दै उक्त रकम छिट्टै नेपाल पुगेर हस्तान्तरण गर्न लागेको समेत उनले जानकारी दिए । कुनै बेला पाल्पाली युवाहरु माझ हाइहाई बनेका भण्डारी लामो समय देखि सक्रिय राजनिति तथा सामाजिक कार्यमा संलग्न थिए ।

उनी अध्ययनको लागि विगत केही समय देखी काठमाडौ बस्दै आएका थिए । रक्ता परिक्षण गराउँदा भण्डारीको दुवै मृगौलामा खरावी देखिएको थियो । एउटा मृगौला पूरै विग्रिएको थियो भनें अर्को ८५ प्रतिशत खराबी रहेको देखिएपछि उनको उपचारमा सहयोग गर्न कतारमा अभियान चलाइएको थियो । चिकित्सकले उनका लागि मृगौला प्रत्यारोपण बाहेक अन्य विकल्प नभएको बताएका छन् ।

हाल टिचिङग अस्पतालमा भर्ना गरिएका योगेश भण्डारीलाई उनकै आमाले मृगौला दिने भएकी छिन् । त्यसमा लागि पनि १२ लाख भन्दा धेरै रकम लाग्ने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय