मलेसियामा एक नेपालीलाई मृत्युदण्ड, ३ सय ५७ लाई नेपाल फर्काईंदै

संजिब दहाल, मलेसिया- नेपालीको मुख्य गन्तव्यका रुपमा रहेको मलेसियामा नेपालीहरु विभिन्न आपराधिक कृयाकलापमा संलग्न रहेको भन्दै प्रहरीको निगरानीमा परेका छन् ।

गत हप्ता मलेसियाको अदालतले एक मलेसियन नागरिकको हत्यामा संलग्न रहेको भन्दै एक नेपालीलाई मृत्युदण्डको सजाय तोकेको छ । उनको जीवन रक्षाका लागि मलेसिया स्थीत नेपाली दुतावासले पहल थालेको मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्नेतले जानकारी दिए ।

यसैगरी हत्यामा संलग्नता ,चोरि, बलात्कार, स्थानियसंग झगडा, लागुऔसाध ओसारपसार लगायतका मुद्धामा मलेसियाका विभिन्न जेलमा गरि ३ सय २२ जना नेपाली थुनामा रहेका छन् ।

यसैगरी अवैधानिक रुपमा काम गरिरहेका ३ सय ५७ जना डिर्पाट शिविरमा स्वदेश फिर्तिका लागि राखिएका छन् ।

मलेसियामा रहेको नेपाली दुतावासले यो जनाकारी दिएको हो । मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमान सिंह बस्नेतले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन अधिकार सम्पन्न उच्चस्तरीय रोजगार आयोग बनाउनुपर्ने भन्दै नेपाली असुरक्षित हुँदै गएका जनगुनोसो समेत बढ्दै गरेको बताए ।

मलेसियामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत बसनेतले वैदेशिक रोजगारीका क्रममा नेपालीहरु ठगिने र विभिन्न समस्यामा पर्ने गरेकाले उनीहरुको समस्या समाधान गर्न उच्चस्तरीय रोजगार आयोग गठन गर्नुको विकल्प नएभको बताए । राजदुत बस्नेतले यस विषयमा नेपाल सरकारसँग कुरा गरिसकेको जानकारी समेत दिए ।

हाल मलेसियामा दश लाख हाराहारी नेपाली रहेको भन्दै राजदुत बस्नेतले कर्मचारी अभावका कारण समस्यामा परेका नेपालीका लागि अपेक्षा नुरुप काम गर्न नसकेको बताए ।

उनले आफ्नै पहलमा अवैधानिक कामदारलाई नेपाल पठाई रहेको र फेरी पनि यहाँको सरकारसँग अनुरोध गरेर नेपाल फर्काउन पहल गरेको बताए ।

गत वर्ष सन् २०१४ सेप्टेम्बरदेखि डिसेम्बरसम्म २४ हजार नेपाल गएको तथ्याङ्क प्रस्तुत गर्दै राजदुत बस्नेतले हाल दिइएको अवसरको पनि फ़ाइदा लिन अबैधानिक रुपमा बसिरहेका कामदारलाई अनुरोध गरेका छन् ।

हाल नेपाल फर्किन चाहनेले १२ सय ८० रिङ्गेट तिर्नुपर्ने राजदुत बस्नेतले जानकारी दिए । उनले यसमा दलालको फन्दामा नपर्न समेत आग्रह गरे ।

राजदूत बस्नेतले हाल मलेसियाका जेलमा ३ सय २२ जना नेपाली रहेको भन्दै डिपोर्ट सेण्टरमा नेपाल फर्काइन ३ सय ६७ जना रहेको बताए । उनले तिनिहरुलाई नेपाल फर्काउने तयारी भइरहेको भन्दै कैद भुक्तान गरेर रिहा भएका नेपालीहरुलाई पनि घर फर्कन आग्रह गरे ।

राजदूत बस्नेतले नेपाली कामदार मलेसिया ल्याएर दुःख दिने, उपचार नगर्ने, मानसिक र शारीरिक यातना दिने र तलव समेत नदिने ७० वटा कम्पनीलाई कालोसूचीमा राखेर कारबाही चलाएको जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय