संगीताका लागि कोरियामा सहयोग संकलन हुँदै

काठमाडौँ बसन्तपुरमा अज्ञात नकाबधारी समुहले एसिड प्रहार गरी सख्त घाइते बनाएका संगीता पुलामी मगर र दाङका जिब्रोका बिरामी समीर सिंजाली मगरलाई सहयोग गर्न दक्षिण कोरियामा आर्थिक संकलन अभियान चलाइने भएको छ ।

मगर अगुवा सक्रिय युवा द्वय हिक्मत पुलामी मगर र राजु रास्कोटी मगरको बिशेष पहल साथै नेपाल मगर संघ दक्षिण कोरियाको संयोजनमा कोरियामा अभियान चलाइन लागेको हो।

रामेछापबाट काठमाडौँ आई चैत्र महिनामा हुन गइरहेको एस एल सी परीक्षाको तयारी गरिरहेकी संगीताको उपचार नेपाल सरकारले गरिदिने भए पनि पारिवारिक आर्थिक अवस्था नाजुक रहेकोले पढाई तथा भविष्यमा सहयोग गर्न आर्थिक सहयोग गरिने बताइएको छ ।

यसैगरी दाङ हाँसिपुरका समिर सिंजाली मगरको जिब्रोको रोग पत्ता नलागी आर्थिक अभावमा उपचार हुन नसकेकोले संयुक्त रुपमा आर्थिक संकलन अभियान सञ्चालन गर्न लागिएको अभियानका प्रमुख हिक्मत पुलामी मगरले जानकारी दिएका छन् ।

त्यसै गरी संगीता पुलामी मगरको आर्थिक उपचार सहयोगार्थ कोरियामा रहेका भोजपुरे मगर युवा रमेश पुलामी मगरको पहलमा रु ५० हजार संकलन भइसकेकोले सो रकम पनि अभियानमै जम्मा गरी नेपाल मगर संघ दक्षिण कोरियाको मातहतबाटै नेपाल पठाइने मगर अगुवा तथा बुद्धिजीवी भलमान पुलामी मगरले जानकारी दिए । मानवताको नाताले सम्पूर्ण कोरिया तथा देश बिदेशमा रहृेका नेपालीलाई सहयोग गरिदिन नेपाल मगर संघ दक्षिण कोरियाको तर्फबाट बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगरले अनुरोध गरेका छन् ।

नेपाल कोरिया डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय