शिक्षकहरुलाई वैदेशिक रोजगार सम्बन्धि प्रशिक्षण शुरु

राजविराज, सुरक्षित वैदेशिक रोजगार सम्बन्धि विद्यालय स्तरिय शिक्षकहरुलाई २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

वैदेशिक रोजगार जानुभन्दा अघि वा जादै गरेको तथा गई सकेपछि अपनाउनुपर्ने सावधानी वारे विद्यार्थीहरुमा जनचेतना फैलाउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना, सामी अन्तर्गत नि.मा.वि तथा मा.वि.का शिक्षकहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

वैदेशिक रोजगार असुरक्षित बन्दै गएकोले आप्रवासी कामदार तथा तिनका परिवारहरुलाई सुचनामा पहुँच पुर्याउने उद्देश्यले तालिम आयोजना गरिएको सामीको कार्यक्रम सप्तरीमा सञ्चालन गरिरहेको संस्था सवल नेपालका परियोजना संयोजक अशोक कुमार साहले वताए ।

हेल्भेटास स्वीसइन्टरकोअपरेशन नेपाल, सामीको सहयोगमा सवल नेपालले आयोजना गरेको तालिममा विभिन्न सामुदायिक विद्यालयका ३० जना शिक्षकहरु सहभागि छन् ।

उक्त कार्यक्रममा देश परदेश अनलाइनका सम्पादक सुनिल न्यौपाने, सामीका जिल्ला परियोजना संयोजक डि.एन.चौधरी, सवल नेपालका निर्देशक दिपक कुमार झा र सवल नेपालका परियोजना संयोजक अशोक कुमार साहले सहजिकरण गरेका थिए ।

Rajbiraj training 1

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय