
रियाद- साउदी सरकारले आप्रवासी कामदारका श्रीमान् श्रीमति वा तिनिहरुका बालबालिकाका लागि अनलाईन भिसा दिने व्यवस्था गरेको छ ।
साउदीको राजगद्धीका दोश्रो हकदार मोहम्मद बिन नइफले यो व्यवस्थाको सुरुवात गरेका छन् ।
यसका लागि इच्छुकले आन्तरिक मन्त्रालयमा अनलाइन मार्फत आवेदन दिनुपर्ने समाचारमा जनाइएको छ । यस्तो निवेदन अरवी वा अंग्रेजीमा दिन सकिने छ ।
आवेदनमा अकामा(परिचयपत्र) नम्वर, इमेल, मोवाइल नम्वर राख्नुपर्ने छ । यति कुरा हालेर मन्त्रालयको वेवसाइटमा गएपछि त्यहाँ छुट्टै फर्म उपलव्ध हुने र सो फर्म भरेर अनलाइन मार्फत नै बुझाउनु पर्नेछ ।
श्रोतलाई उध्रित गर्दै अरव न्यूज लेख्छ तर त्यसरी आवेदन दिनेहरु सवैले परिवारका लागि भिसा पाउने छैनन् । त्यसका लागि निश्चित प्रकृया पुग्नेहरुले मात्र यो सुविधा पाउनेछन् ।