कतारको क्लवले दियो नेपालीलाई फुटवल उपहार

रवि रोषी, दोहा । कतारको प्रसिद्ध अल अहली क्लवले नेपाली फुटबल टिमलाई डेड दर्जन फुटवल उपहार दिएको छ । अल अहली क्लवका म्यानेजर नासरले बलहरु नेपाली फुटबल टिमका अध्यक्ष संजीव रानाभाटलाई हस्तान्तरण गरेका थिए ।

सो खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा अल अहली क्लवका म्यानेजर नासरले नेपाली फुटबल टिमले विगत लामो समय देखि अल अहली क्लवलाई खेल मार्फत सघाउ पुर्याउँदै आएको र खेल प्रतिको अगाध आकर्षणको कारणले गर्दा खेल क्षमता विकासका लागि खेल सामग्री उपहार दिएको बताए ।

खेलाडीहरुको आवश्यक अन्य सामग्री खरिदको लागि चालु महिना देखि नै नियमित नगद पनि दिने उनले बचनबद्धता गरे । हामी नेपाली समुदायसंग लिन मात्र होइन, दिन पनि चाहन्छौं । यो एउटा सानो सुरुवात मात्र हो । नेपाली खेलाडीहरुको खेल सीपलाई अझ बढाउन भोलिका दिनमा क्लवले अन्य सहयोग गर्ने नासिरको भनाई छ ।

क्लवले दिएको मासिक १ लाख २१ हजार ५ सय नेपाली रुपैंयालाई प्रशिक्षणका लागि खेलस्थलको भाडा, खेलाडीहरुको लागि सन्तुलित आहार, जर्सी, जुराफ, जुत्ता खरिद गर्नुका साथै खेलाडी दुर्घटनामा परेमा आर्थिक सुरक्षा प्रदान गर्न खेलकुद वीमामा खर्च गरिने क्लवका अध्यक्ष संजीव रानाभाटले बताए ।

नेपाली फुटबल टिमले यहाँसम्मको सफलता पाउनुमा खेल प्रेमी तथा कला प्रेमी नेपाली दर्शकहरुलाई श्रेय जाने अध्यक्ष रानाभाटले बताए ।

सो क्रममा अध्यक्ष रानाभाटले नेपाली फुटबल टिममा रहेका फुटबल खेलाडीहरुलाई अबका दिनबाट खेलाडीहरु खेलमा सहभागी भएको गणना अनुसार खेल भत्ता प्रदान गरिने कुरा पनि जनाए । यसबाट खेलाडीहरुलाई मनोबैज्ञानिक रुपमा हौसला बढ्ने बताए ।

लामो समय देखि खेलाडी स्वयं र केहि व्यक्ति विशेषको आर्थिक सहयोगबाट खेल सामाग्रीहरु किन्दै र खेल्दै आएको सो संकटबाट क्लवले मुक्ति पाएको भन्दै अल अहली क्लवका म्यानेजर नासरलाई आभार तथा धन्यवाद व्यक्त गरे ।

सोही क्रममा खेलाडी तथा अफिसियलहरुको लागि अध्यक्ष संजीव रानाभाट तथा उपाध्यक्ष राजन श्रेष्ठ लगायत क्लवका केहि पदाधिकारीको आर्थिक सहयोगबाट खरिद गरीएको नेपाली फुटबल टिमको लोगो र नेपाल लेखिएको ट्रयाक सुट खेलाडी तथा अफिसियललाई वितरण गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय