
सउल- दक्षिण कोरियमा इपिएस मार्फत आएका एक नेपाली कामदारले आत्महत्या गरेका छन् । १० महिना अघिमात्र कोरिया आएका झापा धुलाबारी ६ का २५ वर्षिय छविलाल भण्डारीले फेब्रुअरी २० तारिकका दिन झुण्डिएर आत्महत्या गरेको बताइएको छ । कम्पनी देखि झण्डै १ किलोमिटर टाढा रहेको जंगलको एक रुखमा मृत अवस्थामा फेला परेको उनिसँगै कार्यरत एक नेपालीले बताए ।
कोरियाको नयाँवर्ष सलनालमा जताततै विदाको अवसरमा खुशी मनाइरहदा भण्डारीले भने दुःखको शब्दमा पत्र लेख्दै आत्महत्या गरेको उनका साथीहरुले जानकारी दिएका छन् । पत्रमा उनले ‘विरानो भुमीमा पैसा कमाउन भनी आए तर म एक्लो भए त्यसैले यो बाटो रोजे’ भन्ने कुरा लेखेका छन् । भण्डारी कोरियाको राजधानी सउल देखि झण्डै १०० किलोमिटर टाढा छुङ्गछ्यङबुक्दोको इवलम्यनस्थित एक फलाम कम्पनीमा काम गर्थे ।
घटनाको बारेमा दुताबासका श्रमसहचारी अनिल गुरुङ्गले प्रहरी रिपोर्ट आइनसकेकोले परराष्ट्र मन्त्रालयमा जानकारी गराउन नसकिएको जानकारी गराए ।
कोरियामा गत फेब्रअरी ५ मा मात्र खोटाङ मौवावोटे ३ का जयकुमार राईले विजुलीको पोलमा पासो लगाएर आत्महत्या गरेका थिए । २०१५ साल शुरु भएको २ महिना नवित्दै कोरियामा ३ नेपालीको मृत्यु भइसकेको छ ।