
दुवई नेपालमा शिक्षामा सहयोग गर्ने उद्धेश्यले युएईमा महिलाको एउटा समुहले १ लाख दिराम (नेरु झण्डै २८ लाख) उठाउने अभियान चलाएको छ । सो समुहले लक्षित रकम उठाइसकेको छ ।
नेपालमा एउटा नयाँ विद्यालय स्थापना गर्न सो समुहले प्रयास गरेको गल्फ न्यूजले समाचार लेखेको छ । समुहले अनलाइन मार्फत सो अभियान चलाएको हो ।
गण्डकी जिल्लाको एउटा विद्यालय भवन अर्को महिना बनाएपछि ३ देखि ११ बर्षका झण्डै ६० जना बालबालिका पहिलो पटक विद्यालय आउने समाचारमा जनाइएको छ ।
यसका लागि दुवई र अवुधावीमा कार्यरत १४ जना महिलाले अनलाइन मार्फत सहयोगको आव्हान गरेका छन् । यो कुनै च्यारिटीले मार्फत गरिएको समाचारमा जनाइएको भएपनि कुन च्यारिटी मार्फत आव्हान गरिएको हो भन्ने विस्तृतमा उल्लेख गरिएको छैन ।
दुवईमा एक दशक अघिदेखि बस्दै आएकी स्यू इडवर्डले यो आव्हानलाई देखेर यसलाई प्रोत्साहित गरिरहेकी छिन् ।
‘च्यारिटीले अनलाइन मार्फत गरेको अनुरोघ निक्कै प्रष्ट छ र उनीहरुले एउटा विद्यालय भवन बनाउन तयार पारेको योजना निक्कै राम्रो छ जसले दुर्गमको विद्यालय भवन बनाउने उद्धेश्य लिएको छ’ उनले भनेकी छिन् ।
उनीहरुले १० जनाको एउटा समुह बनाएर ७५ हजार दिराम उठाउने र नेपाल गएर विद्यालय बनाउने योजना बनाएका थिए जुन निक्कै रोमाञ्चक योजना भएको इडवर्डले बताएकी छिन् ।
इडवर्डले शेयर गरेपछि उनका साथिहरुले यो अभियानमा साथ दिने प्रतिवद्धता जनाए । र रकम संकलनको काममा जुटे । उनीहरु विभिन्न परियोजनामा कार्यरत छन् ।
एकजनाले १६ हजार दिराम(झण्डै रु. ४ लाख ३२ हजार) जुटाइन् भनें दुवई अफसर सेलिङ क्लवले त्यसमा २० हजार दिराम(झण्डै रु. ५ लाख ४० हजार) थपिदियो । यसैगरी दुवई मरिनामा बस्ने लुईजले ६ सय दिराम(रु.१६ हजार) योगदान गरिन् ।
नयाँ बन्ने विद्यालय तीन कोठे हुनेछ । यसैगरी एउटा हल तथा खेल मैदान समेत रहनेछ । त्यहाँ एउटा सानो बगैंचा समेत बनाउने योजना बनाइएको छ ।
सो च्यारिटीले विभिन्न भागमा यसरी नै सहयोग संकलन गरेर विद्यालय भवन बनाउँदै आएको छ दुवईमा बस्दै आएकी इम्मा सरिफले भनिन् । सरिफले भनिन् ‘हामीलाई थाहा छ बालबालिकाका लागि शिक्षा कति महत्वपूर्ण छ भनेर किनकी हामी आमा हौं ।’
सरिफले भनिन् ‘तर त्यहाँ(नेपालमा) विद्यालय भवन बनाउने र बालबालिकालाई विद्यालयसम्म ल्याउने कुरा उति प्राथमिकतामा पर्दैन किनकी त्यहाँ बढी उमेरका बालबालिकालाई विद्यालय शिक्षाका लागि प्राथमिकता दिइन्छ’ उनले भनेकी छिन् ।
रकम उठाएर महिलाको सो समुह मार्च ११ तारिखमा नेपालका लागि हिंड्नेछ । उनीहरुले नेपाल गएर आफुहरुले संकलन गरेको रकम कसरी खर्च भएछ भनेर हेर्नेछन् भनें विद्यालयको नवनिर्मित भवनको उद्घाटन समेत गर्नेछन् ।
सहयोग संकलन अभियानमा संलग्न लियन होल्टका अनुसार सो विद्यालय काठमाडौंबाट ८ घण्टाको यात्रा पछि पुगिने ठाउँमा रहेको र त्यहाँ अन्य विद्यालय छैनन् । ‘त्यो साँच्चै भावुक समय हुने छ’ होल्टले भनेकी छिन् ‘नेपाल जाँदा म मेरा बच्चालाई छोडेर जानु पर्दा रुँदै जानेछु र नेपालबाट फर्किंदा ति नेपाली बच्चालाई सम्झेर रुँदै फर्किनेछु ।’
नेपालमा विद्यालय बनाउन सक्रिय रहेका अभिभावकसँगै उनीहरुका परिवारका बालबालिकाले समेत रकम संकलन गर्न सघाएका थिए । ‘हाम्रा बालबालिकाले पनि सहयोग संकलनमा मद्धत गरेको छन्’ सरिफले भनेकी छिन् ।
उनीहरुले भविष्यमा पनि विद्यालयका लागि सहयोग रकम उठाउने छन् भन्नेमा आशावदी रहेको उनले बताइन् । त्यसका लागि आगामी बर्ष आफूले उनीहरुलाई नेपाल लैजाने र उनीहरुले कति महत्वपूर्ण काम गरे भनेर देखाउने सरिफको योजना छ ।
महिलाको सो समुहले विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने रकम भन्दा बढी उठाइसकेका छन् । उनीहरुले सो बढी रकम विद्यालयको कक्षा कोठामा आवश्यक पर्ने अन्य सामग्री खरिद गर्ने योजना बनाएका छन् । साथै शिक्षकहरुको तालिममा पनि केहि रकम लगानी गर्ने उनीहरुको योजना छ ।
‘हामी यसलाई दिर्घकालिन योजनाका रुपमा अघि बढाउन चाहन्छौं’ इडवर्डले भनिन् ‘किनकी विद्यालयमा खेलौंना तथा खेलकुदका अन्य साामग्री पनि त चाहिन्छ । त्यसमध्ये केहि भनें हामी अर्को महिना नेपाल जाँदा सँगै लिएर जाने छौं ।’
तपाई यो अभियानका बारेमा के भन्नुहुन्छ ?