कतारमा नेपाली दुतावासले फेरी गर्यो अनुरोध

दोहा- कतारको दोहामा रहेको नेपाली दुतावासले एमआरपी नबनाएका नेपालीलाई अविलम्व फर्म भर्न पुनः अनुरोध गरेको छ ।

दुतावासद्धारा जारी विज्ञप्ती अनुसार दूतावासले साविक बमोजिम आईतबार देखि विहीबारसम्म राहदानीका लागि आवेदन फाराम बुझ्ने काम गर्दै आएकोमा अव शुक्रवारसमेत विहान ९ः०० बजे देखि दिउँसो २ः०० बजेसम्म दूतावासमा राहदानी आवेदन फाराम संकलन गरिने जनाएको हो ।

त्यसैले कतारमा कार्यरत हस्तलिखित पासपोर्ट भएका व्यक्तिले अविलम्व फर्म भर्न समेत दुतावासले अनुरोध गरेको छ । जारी विज्ञप्ती अनुसार फागुन १५, २२, २९ र चैत्र ६ गते शुक्रवार यो सेवा दुतावासबाट दिइने जनाइएको छ ।

एमआरपी भर्न आउनेहरुले आवेदन फारम दुई प्रति भरेर तथा नेपाली नागरिकताको प्रमाणपत्र र त्यसको फोटोकपि, हस्तलिखित पासपोर्ट र त्यसको प्रतिलिपि तथा कतारी परिचयपत्र वा भिसाको प्रतिलिपि लिएर आउन दुतावासले आग्रह गरेको छ । हस्तलिखित राहदानी(पासपोर्ट) प्रयोगको समयावधि सकिनै लाग्दा दुतावासले यस्तो अनुरोध गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: