दुवई- अरब मुलुकमा धेरैका लागि अपत्यारिलो घटना लाग्ने गरी युएईको दुवईमा एक महिलाले आफूलाई श्रीमानले यौन सम्वन्धमा सन्तुष्ट बनाउन नसकेको भन्दै सम्वन्ध विच्छेदको मुद्धा हालेकी छिन् ।
उनले आफूलाई दैनिक तीन चारपटक यौन सम्पर्र्क राख्ने चाहना हुने भन्दै आफ्ना श्रीमानले त्यो चाहना पुरा नगरेको भन्दै छोडपत्रको मुद्धा हालेकी हुन् । उनले दुवई सरिया अदालतमा यस्तो मुद्धा हालेकी हुन् ।
‘ति महिलाका अनुसार उनका श्रीमानले उनीसँग हप्तामा केवल तीन चारपटक यौन सम्पर्क राख्ने गरेका छन् तर यो ति महिलाले चाहे अनुरुपको होइन । उनीहरु बीच यहि विषयले बढेको असमझदारी नटुँगिएपछि यो विवाद अदालतसम्म आइपुगेको हो’ यो मुद्धा हेरिरहेको श्रोतलाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।
अदालतमा मुद्धा हालेकी ति महिलालाई तिमि दैनिक कतिपटक यौन सम्वन्धको चाहना राख्छ्यौ भनेर सोधिएको प्रश्नमा उनले आफूलाई तीन देखि चारपटक यौनसम्वन्धको चाहना हुने बताएको समाचारमा उल्लेख छ ।
तर अदालतले भनें उनले सम्वन्ध विच्छेदका लागि दिएको निवेदनका लागि यति नै पर्याप्त कारण नहुने बताएको छ । त्यसको प्रतिउत्तरमा आफू सो व्यक्तिसँग बसेर खुसी नहुने बताएकी छिन् । उनले उनको श्रीमान्ले या त उनको चाहना पुरा गर्नुपर्ने वा सम्वन्ध विच्छेद स्वीकार्नु पर्ने बताएकी छिन्, श्रोतले भन्यो ।
अदालतले भनें ति महिलालाई स्वास्थ्य उपचारको खाँचो रहेको निश्कर्ष निकालेको छ । तर ति महिलाले भनें यसको ठाडै अस्वीकार गरेकी छिन् । उनले उल्टै आफ्ना श्रीमानको यौन क्षमताका बारेमा स्वास्थ्य जाँच गराउन माग गरेकी छिन् ।
न्यायाधिसले भनें ति महिलालाई उनले प्रस्तुत गरेको कारणकै आधारमा सम्वन्ध विच्छेद हुन नसक्ने आफ्नो निर्णय सुनाएका छन् । ति महिलाको माग बमोजिम अदालतले ति महिलाका श्रीमानको यौन क्षमता जाँच्नका लागि स्वास्थ्य परिक्षण गराउन आदेश दिएको छ ।