अञ्जु र दिनेशलाई बेलायत र कुवेतबाट सहयोग

काठमाडौं- रक्त क्यान्सरबाट पीडित म्याग्दीको पिप्ले– ३ की १७ वर्षीया अञ्जु कार्कीको उपचारार्थ राखु समाज युकेले आर्थिक सहयोग गरेको छ । समाजका अर्जुन मल्ल (याम) को नेतृत्वमा सङ्कलित  रु एक लाख ४५ हजार ४ सय मङ्गलबार हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भगवती उपशाखाद्वारा आयोजित कार्यक्रममा उक्त रकम पीडित अञ्जुको घरपरिवारलाई उपलब्ध गराएको हो । यसैगरी दुवै मृगौला फेल भएर अस्पतालमा उपचार गराईरहेका चरा विज्ञ दिनेश गिरीको उपचारको लागि कुवेतमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । लालिगुराँस साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोक गायक डिवी लोप्चनको अगुवाईमा कुवेतमा रहेका नेपालीहरुवाट संकलित रकम मध्येबाट मृगौला पिडित गिरीको उपचारको लागि २० हजार एक सय रुपैया आर्थिक सहयोग गरिएको हो । चितवनको बछौलीमा आयोजित कार्यक्रममा महासचिव लोप्चन र लायन्स क्लव अफ चितवन राइनो सिटीको अध्यक्ष राजाराम रेग्मीले सयुक्त रुपमा गिरीका भाई टिका गिरीलाई सो रकमहस्तान्तरण गरेका हुन् । गिरीको उपचारको लागि १५ लाख रुपैया लाग्ने र आर्थिक अभावका कारण उपचारमा समस्या भएको भाई टिका गिरीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय