दुवईमा नेपालीलाई बलात्कार गर्न खोज्नेहरुलाई तीन बर्ष कैद

दुवई- दुवईमा दुई वर्ष अघि एक नेपाली महिलालाई बलात्कार गर्न खोज्ने तीनजना बंगलादेशी नागरिकलाई जनही तीन बर्ष कैद फैसला भएको छ ।

प्रहरीलाई उधृत गर्दै अल अरव टाइम्स लेख्छः ती तीन युवाले युवतीका साथमा रहेका २९ बर्षे नेपाली युवालाई लुट्न समेत प्रयास गरेका थिए ।

२५ बर्षिय एके, २८ बर्षिय एएम तथा २९ बर्षिय एमएमलाई जेल सजाय भएको बताइएको छ । तर समाचारमा उनीहरुको पूरा नाम दिइएको छैन । लुटपाट गर्न खोजिएका नेपालीको नाम पनि छोटकरीमा बीबी भनिएको छ ।

घटना अनुसार ति युवा र युवति खाना खान लागेको समयमा ति बंगलादेशीहरुले उनीहरुलाई लुट्ने र बलात्कार गर्ने प्रयास गरेका थिए । नेपाली युवाको भनाई प्रहरीलाई उधृत गर्दै लेखिएको छः ‘हामी बाहिर खुल्ला ठाउँमा खान खान लागेका थियौं । अकस्मात दुई युवाले मलाई झम्टिएर पैसा तथा मेरो मोवाईल फोन मागे । मैले त्यो दिएपछि उनीहरु भागे । लगत्तै एउटा व्यक्ति मेरो साथिलाई घँचेट्दै मेरो कारमा धकेलेर बलात्कार गर्ने प्रयासमा थियो । म दौडँदै गएको देखेर उ भाग्यो ।’

ति नेपाली युवाका अनुसार भाग्ने क्रममा एक लुटेराको मोवाइल फोन खस्न पुग्यो । प्रहरीले सोही फोनका आधारमा खोजेर अपराधी पक्रिन सफल भएको हो ।

जेल सजाय तोकिएका तीनैजनालाई बलात्कारको प्रयास गरेको, मार्ने धम्की दिएको तथा चोरी गरेको अभियोग लागेको छ । जेल सजाय काटिसकेपछि उनीहरुलाई स्वदेश फर्काउन अदालतले आदेश दिएको छ ।

यो पनि पढ्नुहोस्

एउटा नेपाली कसरी मलेसिया पुग्यो र दुःख पाएर बल्ल तल्ल नेपाल फर्कियो ।

https://deshparadesh.com/malaysia-story/

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय